Bachelors Portal

सात दिनभित्र दल आवद्ध शिक्षक कर्मचारीलाई कारबाही गरेको विवरण पठाउन एकाइलाई निर्देशन

Managed Admission 2022

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आफ्नो मातहतका निकायलाई पुनः शिक्षक कर्मचारीलाई राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहे नरहेको सम्बन्धी प्रगति विवरण पठाउन निर्देशन दिएको छ ।

केन्द्रको आजको निर्णय अनुसार सात दिनभित्र केन्द्रमा  विवरण पठाउन निर्देशन दिएको हो ।

केन्द्रले चनं २०१वैशाख ७ को राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको शिक्षक–कर्मचारीलाई कारवाही सम्बन्धमा, चनं  २१६ वैशाख २८ को निर्णय कार्यान्वयन सम्बन्धमा र चनं २२७ जेठ २ गते पत्रका आधारमा प्रगति विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

सो सम्बन्धमा हालसम्म केही एकाइबाट अपूर्ण विवरण प्राप्त भएको र बाँकी एकाइबाट कुनै पनि विवरण उपलब्ध नभएको हुँदा राजनीतिक दलको सदस्यता लिएका, राजनीतिक दलको कार्यकारिणी समितिमा रहेका तथा महाधिवेशन प्रतिनिधि भएका शिक्षक कर्मचारीहरुलाई प्रचलित कानुन बमोजिम के कस्तो कारवाही प्रक्रिया अघि बढाइएको छ सो को विवरणका साथै विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय एकाइको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालय बाहिर काम गर्ने तथा काजमा बस्ने के कति शिक्षकहरु छन् र ती मध्ये कति शिक्षक पदाधिकार रहेको विद्यालयमा फिर्ता भएका छन् सो सम्बन्धमा पूर्ण प्रगति विवरण  पठाउन निर्देशन दिएको छ ।

Select college / campus