कोभिड प्रभावित एमबीबीएसका विद्यार्थीको पढाइ सम्बन्धित विश्वविद्यालयबाटै पुरा गर्न पहल गरिने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशका विभिन्न शिक्षण संस्थाहरूमा चिकित्सा शिक्षा अन्तर्गत्को एमबीबीएस कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई सम्बन्धित विश्वविद्यालयबाटै अध्ययन पुरा गराउने पहल गर्ने भएको छ ।

कोभिडको अवधिमा नेपाल फर्किएका र बन्दावन्दीका कारणले अध्ययन गर्न जान नपाएका विद्यार्थीलाई अध्ययन पूरा गर्ने, गराउने उद्देश्यले मन्त्रालयले यस्तो पहल गर्ने भएको हो ।

शिक्षा मन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा निर्देशक, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका उपकुलपति, तथा डीन, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा रजिष्ट्रार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि तथा मन्त्रालयका सचिव तथा सहसचिव समेतको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त समस्या समाधानका लागि गठित कार्यदलको प्रतिवेदन तथा निकासका सम्बन्धमा भएके छलफलमा सम्बन्धित विश्वविद्यालयमा नै उपस्थित भई अध्ययन निरन्तरता दिनका लागि सम्वन्धित सरकार समक्ष उच्चस्तरमा कुटनीतिक पहल गर्ने निर्णय गरेको छ ।

मन्त्रालयद्वारा जारी सूचनामा सम्बन्धित विश्वविद्यालयका नियामक निकायहरू समेतको समन्वय र सहकार्यमा आवश्यकता अनुसार समस्याको सकारात्मक निकास दिन पहल गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।

 

Degrees offered in nepal
Counseling
Bachelors Portal