After SEE Portal

स्नातकोत्तरमा इन्डिजिनियस एजुकेसन विषय सुरु गरिँदै

Bridge Course

काठमाडौँ विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपालका रैथाने ज्ञानसम्बन्धी पठनपाठन सुरु गर्ने भएको छ । 

काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनले सञ्चालन गर्न लागेको यो शैक्षिक कार्यक्रमलाई मास्टर अफ इन्डिजिनियस एजुकेसन एण्ड डेभलपमेन्ट (एआइइडी) नाम दिइएको छ ।

स्कुल अफ एजुकेसनका डिन प्राडा बालचन्द्र लुइँटेलले आगामी अगस्टदेखि यसको पठनपाठन थालिने जानकारी दिए । 

यो शैक्षिक कार्यक्रम एक वर्षको हुनेछ । अन्य कुनै पनि विषयमा स्नातकोत्तर पूरा गरेकाले यस विषयमा भर्ना पाउनेछन् ।

यस विषयका लागि २५ जना विद्यार्थी भर्ना गरिने भएको छ । अध्ययनका लागि एक लाख ४२ हजार रुपियाँ लाग्ने जनाइएको छ ।

यसैबीच स्कुल अफ एजुकेसनले मास्टर प्रोग्राम इन इन्डिजिनियस एजुकेसनका सन्दर्भमा विदेशी तथा स्वदेशी विज्ञसँग परामर्श गरेको छ । 

A Levels MA
Thuprai - Books and E-books