After SEE Portal

शिक्षासँग सम्बन्धित मुद्दा बढी

Bridge Course

बुटवल: अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा शिक्षा कार्यालयसँग सम्बन्धित मुद्दा सबैभन्दा बढी परेको छ । आर्थिक वर्ष २०७३÷७४ मा शिक्षा कार्यालयसँग सम्बन्धित ३९९ र स्थानीय तहसँग सम्बन्धित १७० मुद्दा दर्ता भएका छन् तर आर्थिक वर्ष २०७४÷७५ मा शिक्षासँग सम्बन्धित ३२१ स्थानीयसँग २०१ मुद्दा दर्ता भएको बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ । 

शिक्षामा पनि सबैभन्दा बढी शिक्षक नियुक्तिमा अनियमितताका मुद्दा रहेको बताइएको छ । आर्थिक वर्ष २०७४÷७५ मा अघिल्लो आर्थिक वर्षका ३०० समेत कूल ८५७ मुद्दा दर्ता भएकामा ४७२ मुद्दा फस्र्यौट भएको बुटवलका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो–“सार्वजनिक चासोको विषय भएकाले पनि विद्यालयको शैक्षिक सामग्री वितरण र छात्रवृत्तिको अनियमितताका विषयमा मुद्दा आएका छन् ।” प्रहरी उपरीक्षक आर्चायले स्थानीय तहको सार्वजनिक खरिद र विकास निर्माणसँग सम्बन्धित मुद्दा पनि अख्तियारमा दर्ता भएको बताउनुभयो । 

शिक्षा र स्थानीय तह पछि भूमिसुधार मन्त्रालयअन्तर्गतका ७०, गृह मन्त्रालयअन्तर्गत ४५ स्वास्थ्य मन्त्रालयअन्तर्गत ३९ मुद्दा दर्ता भएको उहाँले बताउनुभयो । अख्तियारको बुटवल कार्यालयमा परेका कूल ८५७ मुद्दामध्ये सबैभन्दा बढी रुपन्देहीका ३०८ र गुल्मीमा सबैभन्दा कम ४८ वटा मुद्दा मात्र दर्ता भएको छ । नवलपरासीका १९७, कपिलवस्तुका १७९ अर्घाखाँचीका ७२ र पाल्पाका ५३ मुद्दा दर्ता भएको छ । 

A Levels MA
Thuprai - Books and E-books