शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेको छ ।
सो विधेयक माथि परेका १५४ ओटा भन्दा बढी संशोधन प्रस्ताव सहित समितिमा पुगेको हो ।
सचिवालय स्रोतका अनुसार संशोधनका लागि दर्ता भएका प्रस्तावहरूलाई कम्पाएल गरी आज समितिमा विधेयक पठाइएको छ ।
संसद सचिवालयबाट आएको संशोधन प्रस्तावलाई प्रस्तावक संसद र साथै सरोकारवालाहरूसँग दफावार छलफल गरेर प्रतिवेदन सभामुखलाई पठाएपछि प्रतिनिधि सभामा लगिने शिक्षा समितिले जानकारी दियो ।
साथै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अब बस्ने प्रतिनिधि सभाको बैठकमा राख्ने गरी छलफल गरेर प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन दिएको समितिले जानकारी दियो ।
सो विधेयक भदौँ २१ गते बिहिवार बसेको मन्त्रीपरिषद् बैठकले विद्यालय शिक्षा ऐन विधेयक संसदमा पेस गर्ने निर्णय गरेसँगै सङ्घीय संसद सचिवालयमा भदौँ २६ गते शिक्षामन्त्री अशोक राई पेस गरेका थिए ।