After SEE Portal

बागबानीका विद्यार्थीले कृषि अधिकृतमा आयोगले लिने परीक्षा दिन पाउने

Bridge Course

महेन्द्र रत्न क्याम्पस बागबानी विषय पढेका विद्यार्थीले कृषि अधिकृतमा लोक सेवा आयोगले लिने परीक्षा दिन पाउने भएका छन् । बीएस्सी इन हर्टिकल्चर (बागबानी) विषय लिएर इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अध्ययन गरेका विद्यार्थीले पहिलो पटक लोक सेवा आयोगको परीक्षामा सहभागी हुन पाउने भएका छन् ।

लोक सेवा आयोगले गरेको विज्ञापनमा उनीहरूले आवेदन दिन पाउने भएका हुन् । बागबानी पढेका विद्यार्थीले बाली विज्ञान, बाली संरक्षण, कृषि प्रसार, माटो विज्ञान जस्ता क्षेत्रमा लोक सेवा आयोगले लिने परीक्षा दिन पाउने भएका हुन् ।

त्रिभुवन विश्वविद्यालय, कृषि र पशु विज्ञान अध्ययन संस्थान, डीनको कार्यालय र त्रिवि पाठ्यक्रम विकास केन्द्रले त्रिविको आङ्गिक क्याम्पस महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाममा सञ्चालित बीएस्सी इन हर्टिकल्चर (बागबानी) लाई कृषि स्नातक सरह मान्यता दिएको पत्राचार गरेपछि आयोगले विद्यार्थीलाई दरखास्त दिने बाटो खोलेको हो ।

त्रिविले बागबानी, माटो विज्ञान, कृषि प्रसार, वाली विज्ञान र बाली संरक्षण समेत गरी पाँच ओटा विषयलाई कृषि स्नातक ेविषयसरहको मान्यता दिएको पत्राचार आयोगलाई गरेपछि आयोगले सो विषय अध्ययन गरेका विद्यार्थीलाई परीक्षामा सामेल गराउने भएको हो ।

कृषि स्नातक विषयसरहको मान्यता दिएको भनी त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान

डीनको कार्यालयले जेठ ४ गते र त्रिवि पाठ्यक्रम विकास केन्द्रले गत जेठ ८ गते लोक सेवा आयोगलाई पत्राचार गरेका थिए ।

अब देखि उक्त क्याम्सबाट बीएस्सी इन हर्टिकल्चर (बागबानी) पढेका विद्यार्थीले कृषि सेवाको कृषि प्रसार, वागवानी, बाली संरक्षण, एग्रोनोमी र माटो विज्ञान समूहका पदमा दरखास्त दिन पाउने भएका हुन् ।

डीनको कार्यालय लोक सेवा आयोगलाई पठाएको पत्रमा, ‘ वागवानी स्नातक डिग्री र कृषि स्नातक डिग्रीमा पठनपाठन हुने अधिकाश विषयहरूमा समानता रहेको छ । दुवै डिग्रीमा अध्ययन हुने विषयहरूको कक्षाभार अध्ययन गरी विषय विज्ञसंगको छलफल,राय,सल्लाह, सुझाव लिई यस अध्ययन संस्थानको वैशाख २६ गतेको विद्यापरिषद् स्थायी समितिको बैठकले समेत निर्णय गरी कृषि सेवा समूहको तपशिलको तालिकामा उल्लेखित उपसेवा समूहमा आवेदन दिन योग्यता पुगेकोले नेपाल सरकार तथा प्रदेश सरकार अन्तर्गतका लोक सेवा आयोगहरूले कृषि सेवाका विभिन्न उपसेवा समूहमा कृषि अधिकृतको लागि आवेदन आह्वान गर्दा वागवानी स्नातक डिग्री भएका आवेदनहरूलाई समावेश गर्न सिफारीस साथ अनुरोध गरिन्छ।’ पत्रमा भनिएको छ ।

यस अघि महेन्द्र रत्न क्याम्पसबाट बागबानी विषयमा उत्पादन भएका जनशक्तिलाई लोकसेवा आयोगले लिने बागबानी अधिकृतका लागि लिइने परीक्षामा मात्र सहभागी गराउँदै आएको थियो ।

उक्त विषय पढेका विद्यार्थी आफूहरूले पढेको बीएस्सी इन हर्टिकल्चरसंग सम्बन्धित पाँचै क्षेत्रमा प्रवेश गर्न पाउनु पर्छ भन्दै आन्दोलित भएका थिए । विद्यार्थीहरू जनप्रतिनिधि, विश्वविद्यालय, डीन कार्यलय, शिक्षा मन्त्री लगायत उच्च तहका पदाधिकारीलाई आफूहरूले राज्यले प्रदान गर्ने सेवा सुविधा उपभोगष् गर्न पाउनु पर्ने भन्दै आन्दोलनरत थिए । त्रिविको यो सिफारिस लगतै लोक सेवा आयोगले बाटो खुला गरेको र आफूहरू कृषि अधिकृतका रुपमा लोक सेवाको परीक्षामा सहभागी हुने विद्यार्थीहरूले जानकारी दिए ।

A Levels MA