Bachelors Portal

जानकी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु

Managed Admission 2022

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । जिल्ला समन्वय समितिका संयोजक राजनन्दन मण्डलले एक समारोहबीच कार्यक्रमको उद्घाटन गरेका छन् ।

त्यस अवसरमा उनले मधेस प्रदेशमा स्वास्थ्य बीमा गराउने सङ्ख्या न्यून रहेकाले यसलाई वृद्धि गर्न सबैले सहयोग गर्नुपर्ने बताए । उनले भन्नुभयो, “मधेसमा ११ प्रतिशतको हाराहारीमा मात्रै नागरिकले स्वास्थ्य बीमा गराएको तथ्याङ्क छ । जबकी बागमतीलगायत प्रदेशमा धेरै नागरिकले स्वास्थ्य बीमा गराइसकेका छन् । उनीहरूले यस कार्यक्रमबाट लाभ लिइरहेका छन् । अब मधेस प्रदेशमा पनि यसका कार्यक्रमबाट लाभ लिने गरी कार्यान्वयनमा जोड दिनुपर्छ ।”

उनले कार्यक्रममा उपस्थित क्षिरेश्वरनाथ नगरपालिकाका जनप्रतिनिधिलाई पालिकाबाटै बीमा प्याकेजको घोषणा गरी कार्यक्रम सुरु गर्न आग्रह गरे । गत जेठ २२ गते भएको सम्झौताअनुसार कलेजमा बीमा कार्यक्रम लागू भएको  कलेजका अस्पताल निर्देशक डा धर्मदत्त सुवेदीले जानकारी दिए । उनकानुसार यस कलेजमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि यस क्षेत्रका विपन्न नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे । 

बीमा गराएका व्यक्तिले अस्पतालमा उपचार गराएमा ज्येष्ठ नागरिकले रु एक लाखसम्मको उपचार निःशुल्क र बाँकी बिरामीले उपचार वापतको २० प्रतिशत रकम मात्रै तिर्नुपर्ने प्रावधान रहेको निर्देशक डा सुवेदीले जानकारी दिए । यस कार्यक्रममार्फत बिरामीहरूलाई २० भन्दा बढी सुपर स्पेसलिष्ट सेवा अस्पतालबाट उपलब्ध गराइने उनले बताए । 

यस विगतमा पनि विपन्न, असहाय र गरिबलाई उपचारमा छुट दिँदै आएको र गतवर्ष मात्रै रु दुई करोड ११ लाख ६० हजार बराबरको निःशुल्क उपचार गरिएको कलेज प्रशासनले जनाएको छ । अस्पतालबाट गत आर्थिक वर्षमा एक लाख १३ हजार ५१ जनाले बहिरङ्ग सेवा लिएको, त्यसमध्ये ६४ हजार नयाँ र ४८ हजार जना बिरामी रहेको अस्पतालले जनाएको छ । सोही अवधिमा पाँच हजार तीन सय २७ जनाले आकस्मिक सेवा लिएका थिए । 

पाँच सय १० शय्याको यस अस्पतालबाट गत आर्थिक वर्षमा चार हजार दुर्य सय ९७ जनाले जटिल प्रकृतिका शल्यक्रिया गरिएको पनि जनाइएको छ ।

Select college / campus