After SEE Portal

तनहुँको देवघाटमा गुरुकुल भवन निर्माण

Bridge Course

दमौली, २६ माघ (रासस)ः तनहुँको देवघाट गाउँपालिका–५ स्थित महेश सन्यास आश्रममा दाताको सहयोगमा रु पाँच करोडको लागतमा गुरुकुल निर्माण गरिएको छ । 

संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि उक्त सुविधासम्पन्न भवन निर्माण गरिएको महेश सन्यास आश्रम तथा महेश संस्कृत गुरुकुलका पिठाधीश श्री १००८ स्वामी रमणानन्द गिरीजी महाराजले जानकारी दिनुभयो । 

संस्कृत शिक्षाप्रति युवामा आकर्षण जगाउन र शिक्षामैत्री वातावरण बनाउनका लागि उक्त सुविधासम्पन्न भवन निर्माण गरिएको उहाँले बताउनुभयो । भवन निर्माणका लागि विभिन्न सहयोगी दाताबाट रकम सङ्कलन गरिएको थियो । 

बयालीस कोठा रहेको सो भवनको ३५ कोठा सहयोगी दाताले आफ्ना पितृको सम्झनामा निर्माण गरिदिएका थिए । बाँकी रकम भने विश्वविद्यालय अनुदान आयोगले उपलब्ध गराएको आश्रमका सल्लाहकार एवं देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो । उक्त भवनमा कक्षा ६ देखि आचार्य (एमए) सम्मको संस्कृत शिक्षाको पढाइ गरिने भएको छ । 

A Levels MA
Thuprai - Books and E-books