CMAT

पुनर्योगको नतिजामा अहिलेसम्म ५९ जनाको जीपीए ४ (नतिजासहित)

राष्ट्रिय परीक्षा बोर्डले गत असार १३ गते सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको नतिजाको अहिले पुनर्योग (रिटोटलिङ)को नतिजा सार्वजनिक गरिरहेको छ । जसअनुसार एनजी (ननग्रेडेड) आएका पाँच जना विद्यार्थीको पुनर्योगपछि ४ जीपीए आएको छ । अहिलेसम्म बोर्डले ४ हजार २९७ जनाको पुनर्योगको नतिजा सार्वजनिक गर्दा ५९ जना विद्यार्थीको जीपीए ४.० आएको छ । भने २८२ जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ ।

सिम्बल नम्बर ०२९११९२३ अल्फावेट ए भएका विद्यार्थीको पुरानो जीपीए २.८ भएकोमा रिटोटलिङ गर्दा ४.० जीपीए आएको छ । त्यसैगरी ०२८०२८९८ टी अल्फावेट भएका विद्यार्थीको पूर्व जीपीए २.८ भएकोमा पुनर्योग गर्दा जीपए ४ आएको छ । जीपीए ४ आउनेमा अधिकांश विद्यार्थी पहिलो २.८ जीपीए आएका रहेका छन् ।

एसईईको नतिजा सार्वजनिक भएपछि पुनर्योगका लागि दिएको आवेदनका आधारमा बोर्डले अहिले नतिजा सार्वजनिक गरिरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार  धेरै अङ्क इन्ट्री गर्दा, नम्बर जोड्दा  र केही टाइप गलत अङ्क गर्दा नतिजा फरक पर्न गएको हो ।

अनलाइनबाट पुनर्योगका लागि आवेदन खुला गरिएपछि देशभरबाट १९ हजार ६००ले आवेदन दिएको बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

सो परीक्षामा १८६ जनाले जीपीए ४ ल्याएका थिए । भने ४७.८६ प्रतिशत विद्यार्थी पास भए भने ५१.१४ प्रतिशत विद्यार्थी ननग्रेडेडमा परेका थिए । परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थी पास भएका थिए । परीक्षामा २२१ जना विद्यार्थीको परीक्षा रद्द गरिएको थियो ।

सो परीक्षामा ननग्रेड आएका सबै विद्यार्थीको पुरक परीक्षा बोर्डले साउन २३ गते देखि ३१ गतेसम्म सार्वजनिक गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ ।

अहिलेसम्मको पुनर्योगको नतिजा हेर्नुहोस्ः

Thuprai - Books and E-books