CMAT

उच्च शिक्षा अध्ययनका लागि जापान तथा अष्ट्रेलिया जान पाउने

Bachelors Portal

करिब दुई वर्ष देखि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको प्रकोपका कारणबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जान नपाएका विद्यार्थीले अब जापान तथा अष्ट्रेलिया जान पाउने भएका छन् ।

महामारीका कारण भिसा प्राप्त गरेर पनि अध्ययनका लागि आफ्नो गन्तव्य मुलुक जान नपाएका विद्यार्थीहरु छिमेकी मुलुकले भिसाको निम्ति बोर्डर खुल्ला गरी भिसा प्रकृया सुरु गरेपछि विद्यार्थी विदेसिन पाउने भएका हुन् ।

जापान सरकारले नोभेम्बर ८ देखि विदेशीका लागि पर्यटक भिसा बाहेक अन्य भिसाको निमित्त बोर्डर खुल्ला गरि भिसा प्रकृया आरम्भ गरेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आज जारी गरेको प्रस विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा अष्ट्रेलिया सरकारले डिसेम्बर एक देखि विदेशी विद्यार्थी लगायत अन्य वर्गका यात्रुहरुलाई आवागमन खुल्ला गर्ने निर्णय गरेको उल्लेख गरेको छ ।

इक्यानको तर्फबाट हामी सम्वन्धित सम्पुर्ण अभिभावक तथा विद्यार्थी वर्गमा आवागमन खुल्ला गरिएका मुलुकहरुको भिसा प्रकृया तथा यात्राको तयारीलाई सहज एवम् व्यवस्थित बनाउन इक्यान प्रतिवद्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

जापान सरकारले २०२० को डिसेम्बरदेखि विद्यार्थी भिसामा जापानमा उच्च शिक्षा अध्ययनमा जाने विद्यार्थीको लागि प्रवेशमा रोक लगाईएको थियो । सो निर्णयले २०२० मा सीओई प्राप्त गरी ट्युसन फिलगायतका शुल्क तिरेर बसेका विद्यार्थीमा सहजता हुने इक्यानको अपेक्षा छ ।

जापान सरकारले २०२० को अप्रिल देखि २०२१ को अप्रिल सम्मका विद्यार्थीलाई २०२१ को नोभेम्वर, डिसेम्वर र जनवरी गरी तिन महिनामा प्रवेशको अनुमती दिने र २०२१ को अप्रिल, जुलाई र अक्टोवरका विद्यार्थीलाई जनवरी पछि सुचना जारी गर्ने जनाएको छ ।

सोहि अनुसार नेपालबाट जापानिज दुतावासमा भिसा आवेदन गरि भिसा प्राप्त गर्न सक्ने जनाईएको छ । नेपालमा भिसा आवेदन पुर्व विद्यार्थीले आफुले अध्ययन गर्न जान चाहेको कलेज, स्कुलवाट माग गरिएको कागजपत्र पेश गरी जापानको शिक्षा मन्त्रालयवाट प्रदान गर्ने प्रमाणपत्र वा परीक्षा (स्क्रिनिङ सर्टिफिकेट) लिनु पर्ने बाध्यात्मक व्यवस्था गरिएको छ ।

स्क्रनिङ सर्टिफिकेट प्राप्त विद्यार्थीले मात्र भिसा आवेदन गर्न सक्नेछन । साथै नेपालमा अवस्थित जापानिज दुतावासले भिसा आवेदन प्रत्यक्ष रुपमा नलिने नयाँ नियम शुरु गरेको छ र सम्पूर्ण भिसा आवेदन नेपाल अवस्थित भीएफएस ग्लोबल नेपालबाट लिने जनाएको छ ।

यो व्यवस्थाले विद्यार्थीले आफ्नो अनुकुल समयमा भिसा आवेदन दिन नसक्ने भएका छन् । अब २०२० मा शुल्क जापान पठाई जापान जान प्रतिक्षारत विद्यार्थीहरुले स्क्रिनिङ सर्टिफिकेट प्राप्त गरेता पनि सहजै भिसा आवेदनको लागि भीएफएसबाट समय प्राप्त गर्ने अवस्था नदेखिने विज्ञप्तिमा उल्लेख छ ।

२०२० का विद्यार्थीलाई प्राथमिकतामा राखि सुचना निकालेको जापान सरकारले भीएफएस नेपाललाई भने सोहि अनुसार निर्देशन नदिएकोले विद्यार्थीहरु मार्कामा परेका छन ।

Thuprai - Books and E-books
I Tech store