Bachelors Portal

बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु

बुटवल उपमहानगरपालिका र काठमाडौं विश्वविद्यालयको सहकार्यमा बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ ।

बुटवलको मैनाबगरमा ‘अटो इन्जिनियरिङ कलेज  स्थापना गर्ने योजना अगाडि बढाइएको हो । 

बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले आज पत्रकार सम्मेलन गर्दे प्रतिवेदन सार्वजनिक  गरेको एसोसिएसनका अध्यक्ष तुलसीराम न्यौपानेले बताए ।

 बुटवलमा सो कलेज स्थापनाका लागि वर्तमान शिक्षा ऐन नै बाधक रहेको उनले बताए । न्यौपानेले बुटवलमा प्राविधिक धारको कलेज आवश्यक रहेको विषयमा बुटवल उपमहानगरपालिकाले पनि पटक पटक आवाज उठाउँदै आएको दाबी गरे ।

बुटवलमा एक हजार भन्दा बढी अटो व्यवसायीहरू छन् । ती मध्ये  ८ हजार भन्दा बढी कर्मचारीहरूले रोजगारी पाएको सम्मेलनमा जानकारी दिइयो । रोजगार प्राप्त जनशकित मध्ये  करिब २० प्रतिशत मात्रै डिप्लोमा लेभलको कोर्स पूरा गरेका बताइएको छ ।

Thuprai - Books and E-books