SEE Result 2082

परीक्षा बोर्ड दुई ओटा नहुनेः अध्यक्ष डा. शर्मा

राष्ट्रिय परीक्षा बोर्डको संगठन संरचना परिवर्तन र कक्षा १२ को प्रमाण पत्र विकेन्द्रीकरण गरी प्रदेश वा जिल्लाबाटै प्रदान गर्ने कार्य प्राथमिकतामा परेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताएका छन् ।

इडियु सञ्जालसंग कुरा गर्दै अध्यक्ष डा. शर्माले आफ्नो पहिलो प्राथमिकता भनेको संगठन संरचना परिवर्तन गर्ने बताएको हुन् । ‘राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० र राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ लाई एकीकृत गरी दुईओटा महाशाखा वा दुई ओटा अभिलेख व्यवस्थापन शाखाका रुपमा संगठन संरचना व्यवस्थित गरेर लैजाने काम मेरो प्राथमिकतामा परेको छ ।’ उनले भने, ‘संगठन संरचना गर्ने कार्य ढिला भइसकेको छ तर यसलाई जनशक्ति व्यवस्थापन सर्वे गरेर एकीकृत गरी दुईटा परीक्षा नियन्त्रण कार्यालयलाई एकीकृत गरी लानु छ ।’

प्रादेशिक कार्यालयमा कार्यरत कर्मचारीहरुको प्रोमोसन, परीक्षालाई कक्षाकोठासंग जोड्न, परीक्षा सुधार तथा परिमार्जन गर्ने लगायतका कार्य प्राथमिकतामा रहेको बताएका छन् । उनले कुराकानीका क्रममा कक्षा १२ का विद्यार्थीलाई प्रमाणपत्र लिन काठमाडौं नै धाउनु पर्ने अवस्थाको अन्त्य गर्दै डिजिटल प्रविधिको प्रयोग गरी प्रदेश तथा जिल्लाबाट प्रमाणपत्र वितरणको कार्य गर्ने लक्ष्य रहेको बताएका छन् ।

+2 School
Counseling
Bachelors Portal