Bachelors Portal

विद्यालय शिक्षा विधेयकमा शिक्षाविदले संशोधनका लागि सुझाव दिए (सुझाव सहित)

Managed Admission 2022

शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० माथि  सांसद तथा सरोकारवालाले  संशोधन प्रस्ताव दर्ता गराएका छन् । विधेयक २०८० माथि १५४ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । संशोधनका लागि अन्तिम दिन आज ४ बजेसम्म १७१ जना सांसदले संशोधन दर्ता गरेका छन् ।

नेपाल शिक्षक महासङ्घ र विभिन्न समूहका  शिक्षक तथा विद्यालय कर्मचारीहरूको अनुरोधमा सांसदहरूले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएका छन् भने सरोकारवाला तथा शिक्षाविद्हरूले पनि विधेयक संशोनका लागि सुझाव पेश गरेका छन् ।

शिक्षाविद्हरू प्रा. केदारभक्त माथेमा, प्राडा विद्यानाथ कोइराला, प्राडा मन प्रसाद वाग्ले, प्राडा मिन बहादुर बिष्ट, प्राडा विनय कुसियत, डा. ब्रजेश पन्त र टीका भट्टराईले सुझाव पेश गरेका छन् ।

विद्यालय शिक्षामा हाम्रा सैद्धान्तिक तथा व्यावहारिक अडानहरू,  सङ्घीय तशक्षा विधेयकका मूल सवालहरू,आर्थिक  पक्षमा केही दृतष्टीकोणहरू र संघीय शिक्षामा मुख्य दफावार संशोेधन प्रस्ताव पेस गरेका छन् ।

त्यसैगरी नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीका अनुसार महासङ्घले तयार गरेको ६१ बुँदे संशोधन प्रस्ताव जस्ताको तस्तै राखी संसद सचिवालयमा सांसदहरूले संशोधन दर्ता गराएको बताएका छन् ।

यस्तो छ शिक्षाविद्हरूको समूहले पेश गरेको सुझाव

Select college / campus