Bachelors Portal

रास्वपाकी श्रेष्ठ शिक्षा मन्त्री नियुक्त

Managed Admission 2022

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद सुमना श्रेष्ठलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनाउने निर्णय गरेको छ । 

रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय भएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । ।

रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको जनाएको छ ।

काठमाडौंको क्षेत्रपाटि स्थित सरस्वती बोर्डिङबाट एसएलसी उत्तीर्ण गरे पछि उनले बुढानिलकण्ठ स्कुलमा ए–लेभल गरेकी छिन् । श्रेष्ठले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) स्लोन स्कुल अफ म्यानेजमेन्टबाट एमबीए (मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन) गरेकी छिन् । उनले ब्रायन मावर कलेजबाट अर्थशास्त्र र गणितमा, हाभरफोर्ड कलेजबाट बीए गरेकी छिन् ।

उनी समानुपातिक तर्फकी सांसद र प्रतिनिधि सभा अन्तरगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्य समेत हुन् ।

त्यसैगरी  आज विस्तार गरिएको मन्त्री परिषद्मा एमालेबाट रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला, हरि उप्रेती, रक्षा, भगवती चौधरी, महिला बालबालिका, राजेन्द्र राई, खानेपानी, दामोदर भण्डारी, उद्योग, ज्वालाकुमारी साह, कृषि, बलराम अधिकारी, भूमि व्यवस्था मन्त्री हुने भएका छन् ।

भने, माओवादीबाट प्रधानमन्त्री सहित नारायणकाजी श्रेष्ठ,  उपप्रधान तथा परराष्ट्र, वर्षमान पुन, अर्थ,शक्ति बस्नेत, उर्जा, रेखा शर्मा, सञ्चार,हितबहादुर तामाङ, पर्यटन मन्त्री हुने भएका हुन् । 

त्यस्तै रास्वपाबाट सुमना सहित, रवि लामिछाने, उपप्रधान तथा गृह, डीपी अर्याल, श्रम रविराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रीको शपथ लिने गरी  प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यविभाजन गरी राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् ।मन्त्रीहरुको शपथ आज साझ ५.४५ भित्र लिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

Select college / campus