A Levels MA

छात्रवृत्तिमा पढेका चिकित्सकले चार दिनभित्र अस्पतालमा हाजिर नभए लगानी तिर्नु पर्ने

छात्रवृत्तिमा पढेका चिकित्सकले आफूले कबुलिय गरेको अस्पतालमा नगए बिगो असुल गर्नु पर्ने भएको छ । सरकारी छात्रवृत्तिमा अध्ययन गरी चिकित्सक भएकासबैलाई सरकारले अबको चार दिनभित्र आफूले रोजेको अस्पताल हाजिर हुन निर्देशन दिएको छ । निर्देशनको पालना नगर्ने चिकित्सकले सरकारी लगानी तिर्नु पर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचनामा उल्लेख गरेको छ ।

मन्त्रालयले सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकलाई खटाएको अस्पतालमा अबको चार दिन भित्र हाजिर हुनै पर्ने निर्देशन दिएको मन्त्रालयका ब स्वास्थ्य शिक्षा अधिकृत गणेश श्रीवास्तवले बताए ।

मन्त्रालयले छात्रवृत्तिमा एमडी, एमएस र एमडिएस अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामाबमोजिम खटाएको ठाउँमा नगएका चिकित्सकहरुलाई यस्तो निर्देशन दिएको हो । मन्त्रालयले अबको चार दिनभित्र आफूले रोजेको अस्पतालमा नजाने चिकित्सकलाई सरकारको तर्फबाट भएको लगानी असुलउपर गर्ने सूचनामा उल्लेख गरेको छ ।

मन्त्रालयले सरकारी शिक्षण संस्थामा चिकित्सक छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ को दफा ६ (१) को प्रावधानअनुसार मन्त्रालय समक्ष कबुलियतनामा गरी त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अध्ययन संस्थान महाराजगञ्ज क्याम्पस महाराजगञ्ज, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान महाबौद्ध काठमाडौँ र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामा अनुसार खटाएको अस्पतालमा जान हिजो सूचना जारी गरी निर्देशन दिइसकेको छ ।

 

Thuprai - Books and E-books