A Levels MA

कक्षा १२ को परीक्षा जेठ १६ गतेबाट गर्ने निर्णय (परीक्षा तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।

आज बसेको बोर्ड बैठकले सो निर्णय गरेको हो ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आगामी जेठ १६, १७ र १८ गतेमध्ये कुनै एक दिनबाट सञ्चालन गर्ने भनी बोर्ड बैठकमा प्रस्ताव लगिएको बताउँदै बैठकले जेठ १६ गतेबाट गर्न उपयुक्त हुने निर्णय गरेको जानकारी दिए ।

परीक्षा नौ दिनसम्म सञ्चालन हुनेछ । परीक्षा २५ गते सकिनेछ । कक्षा ११ को वार्षिक परीक्षा विद्यालय आफैँले सञ्चालन गर्नुपर्ने हुन्छ ।

ईडीयूपत्रले हिजो जेठ १८ गतेबाट परीक्षा सञ्चालन गर्ने प्रस्ताव गरेको समाचार सार्वजनिक गरेको थियो ।

 

Thuprai - Books and E-books