राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का विद्यार्थीको रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद पुनःथप गरेको छ ।
बोर्डले दोस्रो पटक म्याद थप गर्दै चैत १६ भित्र दोब्बर दस्तुर तिरी रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउन छुट भएका विद्यार्थीलाई आवेदन दिन सक्ने बनाएको हो ।
बोर्डले पहिलो पटक सूचना प्रकाशित गरी गत माघ ७ गतेसम्म आवेदन दिनु पर्ने जनाएको थियो । उक्त समयमा फारम भर्न छुट भएकालाई माघ मसान्तसम्म म्याद थप गरेको थियो ।
बोर्डले आज प्रकाशित गरेको सूचना अनुसार २०७८ सालमा कक्षा ११ मा भर्ना भई अध्ययनरत विद्यार्थीको रजिष्ट्रेशनन आवेदन फाराम र २०७९ सालमा सञ्चालन हुने कक्षा १२ (नियमित तथा आंशिक–ग्रेडवृद्धि) कक्षा ११ को (आंशिक(ग्रेडवृद्धि मात्र) को वार्षिक परीक्षाको आवेदन फाराम वापत प्रति विद्यार्थी १ हजार दुई सय र रजिष्ट्रेशन आवेदन फाराम वापत प्रति विद्यार्थी ८ सय बुझाई सम्बन्धित विद्यालय मार्फत बोर्डका कार्यलयमा फाराम बुझाउन सक्ने जानकारी दिएको छ।