त्रिचन्द्र क्याम्पसको ल्याव भद्रगोल, विद्यार्थी मर्कामा (फोटो फिचर)

एक शताव्दि  इतिहास पुगेको त्रिचन्द्र क्याम्पसमा रहेका ल्यावहरू काम नलाग्ने गरी थन्किएका छन् । विद्यार्थीका लागि प्रयोगात्मक कक्षामा नभइ नहुने ल्यावमा चाहिने सामग्रीहरू थन्किएका हुन् । 

रसायन शास्त्र, भौतिक शास्त्र, वनस्पति शास्त्र, जिव विज्ञान लगायत विधा अध्ययनरत विद्यार्थीका लागि ल्याव महत्वपूर्ण मानिन्छ । तर, ल्याव व्यवस्थित नहुँदा विद्यार्थीहरू मर्कामा परेका छन् ।

विद्यार्थी विकासजंग शाहीले भने, ‘ल्यावहरू गतिहिन अवस्थामा छन् । तर, क्याम्पस प्रशासनले आवश्यक चासो देखाएको छैन ।’ विद्यार्थीहरूले पटक पटक ध्यानाकर्षण गराउँदा समेत क्याम्पस प्रशासन मौन रहेको विद्यार्थीको आरोप छ । कक्षा कोठाको क्षमता भन्दा बढि  विद्यार्थी राखीएको छ ।

यस्तै, पुस्तकालयमा समेत पर्याप्त पुस्तकहरू छैनन् ।