After SEE Portal

कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले २६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । चार लाख ६७ हजार परीक्षार्थीका लागि १ हजार ४५३ परीक्षा केन्द्र सार्वजनिक गरेको छ । वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन हुने परीक्षाको केन्द्र बोर्डको आजको निर्णयअनुसार सार्वजनिक गरेको हो ।

 नमुना प्रश्नपत्र परिमार्जन

बोर्डले केही विषयको नमुना प्रश्नपत्र पनि परिवर्तन गरेको छ । विद्यार्थी तथा शिक्षकको सुझाव अनुसार नमुना प्रश्न परिवर्तन गरेर वेबसाइटमा सार्वजनिक गरेको बोर्डले जानकारी दियो । बोर्डले परिवर्तन गरेको नमुना प्रश्नमा अथवा राखेर वैकल्पिक प्रश्न नराखिएको केही विषयमा पनि राखिनुपर्ने सुझाव आएकोले त्यसरी परिमार्जन गरिएको  जनाएको छ ।

दुर्गममा उत्तरपुस्तिका पुग्यो

उत्तरपुस्तिका दुर्गम जिल्लाका परीक्षा केन्द्रमा पुगिसकेको  बोर्डले जानकारी दियो । कोभिडको महामारीका कारण बोर्डले शैक्षिक सत्र २०७७ देखि प्रश्नपत्र इन्टरनेट मार्फत् पठाउँदै आएको छ । सम्बन्धित बोर्डले प्रश्नपत्र आफैं प्रिन्ट गर्दै आएका छन् ।

केन्द्र हेर्नुहोसः

A Levels MA
Thuprai - Books and E-books