After SEE Portal

कक्षा १२ को नतिजा स्थगित

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले आज गर्ने भनेको कक्षा १२ को नतिजा स्थगित गरेको छ । आजका लागि स्थगित गरिएको हो ।

तीजका दिन नतिजा सार्वजनिक गर्न नहुने प्रतिक्रिया सामाजिक सञ्जालमा आएपछि बोर्ड सो निर्णय लिन वाध्य भएको हो ।

बोर्डका एक सदस्यले भने, "आज दिउँसो ३ बजेका लागि बोर्डबैठक बोलाइएको थियो । अहिले फोन गरेर आज नआउनू, बैठक स्थगित भएको छ भन्ने जानकारी पाइएको छ । सम्भवतः भोलि वुधबार नतिजा सार्वजनिक होला ।"

नेपाल टेलिकमले समेत दुइपटकसम्म नतिजा हेर्नसकिने विधिका बारेमा माेबाइलमा सन्देश पठाएकाे थियाे ।

A Levels MA
Thuprai - Books and E-books