Bachelors Portal

कक्षा १२ को नतिजा प्रकाशन,५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

Managed Admission 2022

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।

सार्वजनिक गरिएको नतिजा अनुसार कुल चार लाख ९१ हजार ४९७ मध्ये नियमिततर्फ नियमितर्फ ३ लाख ९० हजार ८६८ नियमितर्फ ३ लाख ९० हजार ८६८ सहभागी थिए । सो परीक्षामा नियमित तर्फ २ लाख ३ हजार ८४७ विद्यार्थी उत्तीर्ण भएकाे बोर्डले जनाएको छ। सहभागी मध्ये ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) मा पर्न सफल भएका छन् भने  एन जी ल्याउनेको संख्या १ लाख ८७ हजार २१ जना अनुत्तीर्ण भएका छन्  कुल परीक्षार्थीको ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी–अनुत्तीर्ण) भएका छन् । नियमिततर्फ ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८–७९ का २८.२६ प्रतिशत पास भएका छन्  भने २०७६–०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसेको थियो । बैठकले नतिजा वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको हो ।  बोर्डले गत वैशाख १४ शुक्रबारदेखि २४ गते सोमबारसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । सो परीक्षामा पाँच हजार ५४२ विद्यालयका विद्यार्थी सहभागी थिए ।जापानको एक परीक्षा केन्द्र सहित एक हजार ५२६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

यो वर्ष पहिलो पटक बोर्डले स्वचालित छनोट प्रणालीको प्रयोग गरी परीक्षा केन्द्र निर्धारण गरेको थियो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा एक सफ्टवेयर बनाई पहिलो पटक काठमाडौं जिल्लाका परीक्षा केन्द्र स्वचालित (र्याण्डम) विधिबाट छानिएको हो।

कक्षा १२ को नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार प्रकाशन गरेको बोर्डले जनाएको छ । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने हुन्छ । ३५ प्रतिशत अंक भन्दा कम आउने विद्यार्थीको नतिजामा एनजी आएको हो ।

कक्षा १२ मा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागु भएपछि २०७९ सालमा ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए  भने २०७८ सालमा ४६.४ प्रतिशत विद्यार्थी पास भएको बोर्डले जानकारी दियो। 

नतिजा प्राप्त गर्ने तरिका

अहिले  प्रकाशित भएको नतिजा आईभीआर, एसएमएस र युएसएसडी तथा  बेवसाइट मार्फत प्राप्त गर्न सकिने छ ।

परीक्षार्थीहरू तथा अभिभावकले  केही समयपछि आईभीआरका लागि

नेपाल टेलिकमको लेण्ड फोन, मोवाइलबाट १६०१ डायल गरी प्राप्त निर्देशानुसार गर्ने, एसएमएसका लागि मोवाइलको म्यासेज बक्समा NEB<space> <symbol number> टाइप गरी १६०० मा पठाउने । USSD का लागि

नेपाल टेलिकमको Mobile बाट १६००# डायल गरी प्राप्त निर्देशानुसार गर्न सकिने छ ।

Select college / campus