कक्षा १२ को परीक्षा जेठ १८ बाट

कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेबाट सञ्चालन गरिने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डको भोलि शुक्रबार बैठक बस्दैछ । बोर्डका विश्वस्त सूत्रअनुसार आगामी जेठ १८ गतेबाट परीक्षा सञ्चालन गर्न प्रस्ताव तयार गरिएको छ र त्यसलाई बोर्ड बैठकले स्वीकृति प्रदान गर्नेछ । परीक्षा तालिका भाेलिकाे बाेर्ड बैठकपछि सार्वजनिक गरिनेछ ।

बोर्डले गत परीक्षाबाट प्रश्नपत्र छाप्न छोडेको छ । अनलाइन माध्यममार्फत प्रश्नपत्र परीक्षा केन्द्रमा पठाउने कार्यको थालनी गएको परीक्षाबाट सुरु गरिएको हो । यसपटक पनि बोर्डले अनलाइन माध्यमबाट नै प्रश्नपत्र पठाउने भएको छ ।

बोर्डका पदाधिकारीका अनुसार परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नै सञ्चालन गरिनेछ । जिल्लास्तिर परीक्षा समितिले नै परीक्षा केन्द्र कायम गर्नेछ ।

Thuprai - Books and E-books