कक्षा ११ को परीक्षा जेठ तेस्रो साता

शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठ तेस्रो साता सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ ।

शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा कक्षा १२ को वार्षिक परीक्षासँग नजुध्ने गरी आगामी जेठ महिनाको तेस्रो हप्तादेखि सञ्चालन गर्ने बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले सबै विद्यालयलाई निर्देशन दिएको हो ।

 “कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७” परिच्छेद ४ को दफा ६ को (२) बमोजिम बोर्डले तोकेको मापदण्ड अनुरुप हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने व्यवस्था रहेकाले सोको आधारमा परीक्षा सञ्चालन गर्नु पर्ने बोर्डले जानकारी दियो ।

कार्यविधिको परिच्छेद ७ को दफा ९ को ४ (१) ‘क’ अनुसार विद्यार्थीको रजिष्ट्रेशन नम्बर सहित निजले कक्षा ११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर बोर्डको प्रदेश परीक्षा व्यवस्थापन÷शाखा कार्यालय मार्फत सम्बन्धित विद्यालयमा उपलब्ध गराउने बोर्डले जानकारी ििदयो ।

विद्यार्थीले कक्षा ११ को परीक्षामा बोर्डद्वारा प्रदान गरिएको सिम्बोल नम्बर उल्लेख गरी परीक्षा दिनुपर्ने व्यवस्था कार्यविधिले गरेको छ ।

Thuprai - Books and E-books