एसईई परीक्षा नगराऔं : डा. बाबुराम भट्टराई

सांसद डा. बाबुराम भट्टराईले एसईई परीक्षा नगराउन सरकारलाई आग्रह गरेका छन् । संसदमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले विद्यार्थीहरु मानसिक तनावमा रहेको भन्दै यो अवस्थामा परीक्षाको आतकं नफैलाउन आग्रह गरे ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खोलेको भोलिपल्ट परीक्षा हुने भन्दै आतकं फैलाएको सांसद भट्टराईले आरोप लगाए । उनले भने  ‘एसईई परीक्षा लिन आवश्यक छैन । माध्यामिक शिक्षा १२ कक्षा सम्मको हो । १० कक्षा सम्मको परीक्षालाई एसईई भनेर आतकं फैलाउने भन्दा विद्यालयले नै मूल्याङ्कन गरेर विद्यार्थीको स्तर निर्धारण गर्नुपर्छ । ’

विद्यार्थीहरु लकडाउनमा बसेको र उनीहरुमा मनोरोग आउने खतरा औँल्याउँदै यस्तो अवस्थामा  परीक्षाको आतंक  फैल्याउन नहुने उनले बताए ।

उनले भने ‘६४ लाख बढी विद्यार्थी लकडाउनमा छन् । उनीहरुलाई ओरेन्टियसन गरिएन भने मनोरोगले ग्रसित हुने खतरा आउन सक्छ ।’