त्रिवि अन्तर्गतका क्याम्पस र कार्यालय २१ चैतसम्म बन्द

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरु १० चैतदेखि २१ गतेसम्म बन्द हुने भएका छन् । त्रिवि सभा तथा कार्यकारी परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

त्रिवि सभा तथा कार्यकारी परीषद्को सचिवालयका प्रवक्ता सूर्यप्रसाद अधिकारीका अनुसार त्रिविका निकायबाट प्रदान गरिने अत्यावश्यक सेवा वाहेक अन्य सबै क्याम्पस कार्यालयहरु २१ चैतसम्म बन्द रहनेछन् । 

सवै पदाधिकारी, शिक्षक,कर्मचारीहरु आआफ्नो निकाय प्रमुखसंग सम्पर्कमा रहन र आवश्यक परेको अवस्थामा कार्यालयमा उपस्थित भइ कार्य गर्न पनि त्रिवि कार्यकारी परिषद्ले आग्रह गरेको छ ।

Thuprai - Books and E-books