CMAT

शिक्षा मन्त्री भट्टराई बन्दै

Bachelors Portal

आजदेखिशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व नेकपा एमाले सांसद् विद्या भट्टराईले गर्ने भएकी छिन् । राष्ट्रपति निवास केही बेरमा उनले शिक्षा मन्त्रीका रुपमा सपथ लिँदैछिन् ।

नेकपा एमालेले उनलाई  शिक्षा मन्त्रालयको जिम्मा दिने निर्णय गरेसंगै उनी आजदेखि नयाँ शिक्षा मन्त्रीका रुपमा नियुक्त हुने भएकी हुन् ।

हाल उनी सांसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य हुन् । उनी कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद् हुन् । समाजशास्त्रमा एमए र मानव शास्त्रमा एम फिल गरेकी छिन् ।

सांसद हुनु अघि उनी त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र उपप्राध्यापकमा कार्यरत थिइन् । २०७५–७६ मा भएको भएको उपनिर्वाचनमा आफ्नो स्वर्गीय पति रविन्द्र अघिकारीले प्रतिनिधित्व गर्ने क्षेत्रबाट विजय हासिल गरेर सांसदमा छिरेकी हुन् । उनले दोस्रो पटक पनि आम निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएकी थिएन् । तत्कालीन समयमा उनका श्रीमान अधिकारीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए । मन्त्री भएकै बेला विसं २०७५ साल फागुनमा ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको थियो । अधिकारीको असामयिक निधनपछि रिक्त भएको कास्की–२ को उपनिर्वाचन र २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निर्वाचित भएकी थिएन् ।

विद्यार्थी राजनितिमा उनले अनेरास्ववियुको केन्द्रीय सचिव, उपाध्यक्ष, उपत्यका महिला कमिटी सचिव, ०६७ मा संघीय महिला विभाग सदस्य, ०७५ सम्म पार्टीको शिक्षा विभाग लगायतको जिम्मेबारी सम्हाले सकेकी छिन् ।

Thuprai - Books and E-books
I Tech store