CMAT

शिक्षा मन्त्रीमा भट्टराई नियुक्त

Bachelors Portal

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रुपमा नेकपा एमाले नेतृ विद्या भट्टराई नियुक्त भएकी छिन् ।

अहिले राष्ट्रपति निवासमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए ।

सिफारिस अनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरेपछि सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका हुन् । आज विस्तारित मन्त्री परिषद्मा उनले शिक्षा मन्त्रीका रुपमा सपथ लिएकी हुन् ।

हाल उनी ससदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य हुन् । उनी कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित ससंद हुन् । समाजशास्त्रमा एमए र मानव शास्त्रमा एम फिल गरेकी छिन् । त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र उपप्राध्यापकमा कार्यरत भएको समयमा २०७५–७६ मा भएको भएको उपनिर्वाचनमा पनि उनले सोही क्षेत्रबाट उनी विजयी भएकी थिइन् । तत्कालीन समयमा उनका श्रीमान रविन्द्र अधिकारीको पर्यटन तथा नागरिक उड्यन  मन्त्री भएकै बेला  ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएपछि भएको उपनिर्वाचन पछि उनी संसदको भूमिकामा रहेकी छिन् ।

विद्यार्थी राजनितिमा उनले अनेरास्ववियुको केन्द्रीय सचिव, उपाध्यक्ष, उपत्यका महिला कमिटी सचिव, ०६७ मा संघीय महिला विभाग सदस्य, ०७५ सम्म पार्टीको शिक्षा विभाग लगायतको जिम्मेबारी सम्हाले सकेकी छिन् ।

Thuprai - Books and E-books
I Tech store