राहत शिक्षकको आन्दोलन फिर्ता (सहमतिपत्रसहित)

राहत शिक्षकको आन्दोलन फिर्ता (सहमतिपत्रसहित)

सहमतिबमोजिम प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा कार्यरत राहत शिक्षकलाई स्थायी परीक्षाका लागि उमेर हद नलाग्ने, शत प्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्न र सेवा अवधि पनि शत प्रतिशत जोड्न संशोधन प्रस्ताव गर्ने उल्लेख छ । यसैगरी साविक उच्चमाविका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा र बाल विकासका शिक्षकलाई दरबन्दीका कायम गर्ने पनि सहमति भएको छ । यही असोज ५ गते भएको महासङ्घसँगको सहमतिमा असन्तुष्ट भई समितिले लगातार सडक आन्दोलन गरेको थियो । सो दिनको सहमतिमा ७५ प्रतिशत राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा समावेश गराउने जनाइएको थियो भने विधेयकमा ५० प्रतिशत प्रस्ताव गरिएको छ ।

सरकारले आन्दोलनरत शिक्षकसँग सहमति गरेसंगै आन्दोलनका कार्यक्रम फिर्ता गरिएको छ । आज शिक्षा मन्त्रालयमा सरकार र आन्दोलनरत शिक्षकबीच छ बुँदे सहमति भएको छ । सहमति भएसंगै आन्दोलनका कार्यक्रम फिर्ता गरिएको हो । बैठकमा शिक्षामन्त्री अशाेक राई, शिक्षाराज्यमन्त्री प्रमिला कुमारी, सचिव सुरेश अधिकारी ,आन्दोलनरत शिक्षक संघसंगठनका प्रतिनिधिको सहभागिता रहेको थियो । 

सहमतिबमोजिम प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा कार्यरत राहत शिक्षकलाई स्थायी परीक्षाका लागि उमेर हद नलाग्ने, शत प्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्न र सेवा अवधि पनि शत प्रतिशत जोड्न संशोधन प्रस्ताव गर्ने उल्लेख छ ।

यसैगरी साविक उच्चमाविका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा र बाल विकासका शिक्षकलाई दरबन्दीका कायम गर्ने पनि सहमति भएको छ । यही असोज ५ गते भएको महासङ्घसँगको सहमतिमा असन्तुष्ट भई समितिले लगातार सडक आन्दोलन गरेको थियो । सो दिनको सहमतिमा ७५ प्रतिशत राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा समावेश गराउने जनाइएको थियो भने विधेयकमा ५० प्रतिशत प्रस्ताव गरिएको छ ।

संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका सामुदायिक विद्यालयका शिक्षक असोज ३ गतेदेखि काठमाडौंमा केन्द्रीत भएर आन्दोलनमा उत्तिएका थिए । शिक्षक महासंघ र सरकारले असोज ५ गते गरेकोे सात बुँदे सहमतिमा असन्तुष्टि जनाउँदै राहात, बालविकास लगायतका शिक्षक गत बुधबारदेखि आन्दोलनमा उत्रेका थिए । 

सरकारले शिक्षक महासंघसँग गत शुक्रबार सहमति गरेपनि राहत, बालविबास सहजकर्ताले आन्दोलन जारी राखेका थिए । नेपाल राहत शिक्षक केन्द्रीय समितिका महासचिव कुमार बजगाईकाअनुसार आन्दोलनरत पाँच वटा संगठनसँग सरकारले अलग अलग वार्ता गरेर सहति गरेको हो । जसमा राहत, बालविकास,पेन्सनबाट वन्चित र विद्यालय कर्मचारी रहेका थिए ।