CMAT

पोखरा महानगरपालिकाद्वारा कक्षा ११ मा छात्रवृत्तिका लागि छनोट गर्न आवेदन माग

Bachelors Portal

पोखरा महानगरपालिकाले  कक्षा ११ मा छात्रवृत्तिका लागि छनोट गर्न विद्यार्थीबाट आवेदन माग गरेको छ ।

शैक्षिक सत्र २०८१ मा संस्थागत विद्यालयको कक्षा ११ मा लक्षित वर्गको छात्रवृत्ति कोटामा अध्ययनको लागि आवेदन माग गरेको हो ।

पोखरा महानगरपालिका संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि, २०७५ अनुसार शैक्षिक सत्र २०८१–८२ मा कक्षा ११(१२ मा महानगरपालिका भित्रका संस्थागत विद्यालयहरुमा विभिन्न लक्षित वर्गका आरक्षित कोटाबाट अध्ययन गर्न चाहने विद्यार्थीले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।

नेपाल राज्य भित्रका विद्यार्थीले  असार १३ गते देखि १९ गते सम्म  आवेदन दिन सक्ने सूचनामाउल्लेख छ ।

 वेपत्ता, परिवार, शहिद परिवार, जनआन्दोलन घाइते, मधेस आन्दोलन घाइते परिवार लगायतका  आरक्ष्ँित कोटामा छात्रवृत्तिका लागि आवेदन माग गरेको हो ।

महानगरपालिकाले विभिन्न आरक्षीत कोटा सहित भर्ना भएका सम्पूर्ण विद्यार्थीको  १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउँदे आएको छ ।

महानगरपालिकाले कार्यविधि अनुसार विगत चारवर्ष अगाडि देखि छात्रवृत्तिका लागि खुला परीक्षा लिएर विदार्थी छनोट गर्दे आएको छ ।

गत वर्ष महानगरपालिकाले  ३७७ जनालाई छात्रवृत्ति प्रदान गरेको थियो ।

 

Thuprai - Books and E-books
I Tech store