Bachelors Portal

२९ औं दीक्षान्त समारोहका लागि आवेदन दिने समय थप

काठमाडौं विश्वविद्यालयले  २९ औं दीक्षान्त समारोह (दोस्रो चरण) २०८१ ९दोस्रो चरण० को आवेदन फाराम भर्ने समयावधि थप गरेको छ ।

साउन २०, गते  सम्ममा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तह उत्तीर्ण गरेका सबै विद्यार्थीहरूले दीक्षान्त समारोहमा भाग लिन सक्ने गरी समय थप गरेको हो ।

आवेदन फाराम बुझाउने समय  साउन २१ गतेसम्म बनाएको छ ।

दीक्षान्त समारोह (दोस्रो चरण) मा सहभागी हुन योग्य भएका विश्वविद्यालयको स्कुल अफ आर्ट्स र एजुकेशन र इन्जिनियरिङ्ग र ल र मेनेजमेन्ट र साइन्स र मेडिकल साइन्सेजका विद्यार्थीले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

दीक्षान्त समारोह कार्यक्रमको विस्तृत जानकारी कार्यक्रम हुनुभन्दा दुई हप्ताअघि प्रकाशित गरिने सूचनामा उल्लेख छ ।

 

Thuprai - Books and E-books