Bachelors Portal

बालविकास शिक्षकको पारिश्रमिक पुनरावलोकन गर्न पहल हुँदै, तामझामका साथ शिक्षा दिवसको नारा तय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बालविकास शिक्षकहरू पारिश्रमिक पुनरावलोकन हुने बताएकी छिन् । उनले आज पत्रकारसंग बालविकास शिक्षकको सेवा सुविधाका विषयमा अर्थ मन्त्रालयसंग छलफल भइरहेको बताएकी छिन् ।

 “बालविकास शिक्षकहरूलाई सुविधा तथा तालिमको व्यवस्था बुट क्याम्प भनेर राखिएको छ । त्यसलाई पनि सञ्चालन गर्छौँ तर त्यसले मात्रै पुग्दैन । उहाँहरूलाई शिक्षककै रूपमा स्वीकार गरेको छैन यसलाई अन्त्य तत्काल गर्न सक्दैनौँ तर अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले बालविकास शिक्षकलाई महत्व दिएको छ । त्यो महत्वलाई ध्यान दिएर उहाँहरूको सुविधा कसरी वृद्धि गर्ने बारे कुरा भई रहेको छ ।’ उनले थपिन्,  ‘अहिले मैले कम्तीमा केही नभएपनि थोरै गरौँ भनेर अर्थ मन्त्रालयमा अनौपचारिक रूपमा अनुरोध गरेको छु । औपचारिक रूपमा अब पत्र लेखेरै हामीले काम गर्छौ ।”

सो छलफलमा उनले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई सुरक्षा गर्न सार्वजनिक निकायमा सुरक्षा गर्नुपर्ने भएको हुनाले सार्वजनिक रुपमा सुरक्षा माग गरिएको बताइन् ।

यसैगरी मन्त्रालयले लामो कसरत पछि शिक्षा दिवसको नारा तय गरेको छ । आगामी असोज २ गते मनाएने दिवसका लागि ‘ज्ञान, विज्ञान, सीप, उद्यम, मौलिकता, साझेदारी र प्रणालीगत समकक्षता’  भन्ने नारा तय गरेको छ ।

शिक्षा दिवस मनाउन १३० सदस्यीय मुल समारोह समिति गठन गरिएको छ । मन्त्रालयले दिवस सफल पार्न कार्यक्रम समन्वय समिति, राष्ट्रिय शिक्षा पुरस्कार सम्बन्धी उपसमिति, कार्यक्रम व्यवस्थापन, शैक्षिक स्मारिका प्रकाशन, सांस्कृतिक कार्यक्रम, प्रचार प्रसार उपसमिति गठन गरेको छ ।

Thuprai - Books and E-books