After SEE Portal

शैक्षिक परामर्श संस्थालाई माफी मगाइयो

Bridge Course

शैक्षिक परामर्श संस्थाले नो अब्जेक्सन लेटरका लागि गलत विद्यार्थीको विवरण भरिदिने प्रवृत्ति पछिल्लो समयमा निकै झाङ्गिदै गएको छ ।

आज पनि यस्ता संस्थाका गलत कार्य पत्ता लगाइ आइन्दा गल्ती नगर्ने भनी लिखित रुपमा माफी मगाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाले दिएको जानकारी अनुसार टाइम्स इन्टरनेसनल एजुकेसन प्रालिले एउटा विद्यार्थीको सट्टा अर्काे विद्यार्थीको शैक्षिक विवरण राखे अनलाइन फाराम भरिदिएको पाइएको छ ।

त्यस्तै किङ्स इन्स्टिच्युटले एउटाको सट्टा अर्काे विद्यार्थीको अफर लेटर राखेर फाराम भरिदिएको पाइएको छ ।

शाखाका प्रमुख वासुदेव वस्तीले ती दुवै संस्थालाई यस्ता गल्ती क्रियाकलाप आइन्दा नदोहो¥याउने सर्तमा लिखित माफी मगाइएको जानकारी दिए ।

उनका अनुसार शैक्षिक परामर्श संस्थाको असावधानी तथा गलत परामर्शको कारण विद्यार्थीले निकै सास्ती भोग्दै आउनुपरेको छ । “एउटा देशमा अध्ययनको लागि सटही गरेको विदेशी मुद्रा फिर्ता नहुँदै अर्काे देशमा अध्ययनको लागि विद्यार्थीको प्रयास गरिदिने, सटही गरेको रकम कन्सल्टेन्सीमार्फत नै फिर्ता गराउने, विद्यार्थीको एनओसी लगायतका सक्कल कागजात कन्सल्टेन्सीमा नै राखिदिने, मन्जुरीनामा लिएर विद्यार्थीको एनओसी लिन आउने, समयमा अनलाइन फाराम नभरी विद्यार्थीलाई गतल जानकारी दिएर थप अल्मल्याउने, उपत्यकाबाहिरका विद्यार्थीको अनलाइन अवोदन सत्यापन भएपछि तोकिएको दिन र समय अगावै निजहरुको हवाई टिकट बुक गराई कन्सल्टेन्सीले नै विद्यार्थी झिकाएर होटलमा समेत बासको व्यवस्थापन गर्ने गरेको पाइएको छ” उनले भने ।

उनले यस्ता अनियमितता बढ्दै गएको उल्लेख गर्दै भने, “सुरुमा त माफी मगाइएको छ । गल्ती दोहो¥याउँदै गए संस्था नै खारेज गर्ने वा नविकरण नगरिदिने जस्ता अप्रिय निर्णय लिन वाध्य हुने भएका छौँ ।”

शाखाका अनुसार आज बिहीबार नो अब्जेक्सन लेटरका लागि ५८० जनाको आवेदन परेकोमा चार सय जनाको सत्यापन भएको र बाँकीको रद्द गरिएको छ । आज ५४० जनाले एनओसी पाएका छन् ।

 

A Levels MA
Thuprai - Books and E-books