Bachelors Portal

शिक्षा दिवसको सम्पूण तयारी सकियो, केही पुरस्कार अनुकूल समयमा वितरण गर्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८१ सम्पूर्ण तयारी सकिएको जनाएको छ ।

मनत्रालयले आज पत्रकार सम्मेलन आयोजना गरी २०८० सालमा घोषणा गरिएको राष्ट्रिय शिक्षा पुरस्कार अनुकुल समयमा पुरस्कार वा प्रमाणपत्र प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

दिवसको अवसरमा उत्कृष्ट सामुदायिक तथा प्राविधिक शिक्षालय, विश्वविद्यालयका उत्कृष्ट क्याम्पस र सामाजिक संघसंस्थाहरूलाई पुरस्कृत गर्ने भएको छ ।

मन्त्रालयले  उत्कृष्ट विद्यालयतर्फ राष्ट्रिय शिक्षा पुरस्कारतर्फ २०८० सालको कक्षा १२ को नतिजा मूल्याङ्कनका आधारमा सार्वजनिक र निजी लगानीका विद्यालय तर्फ राष्ट्रिय स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई राष्ट्रिय सिल्ड, ध्वजासहित क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार र प्रमाणपत्रसहितसम्मान गनेृ भएको छ ।

 त्यसैगरी प्राविधिक शिक्षालयतर्फ प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा विभिन्न चार वटा प्राविधिक शिक्षालयहरूलाई राष्ट्रिय ध्वजा र रू एक लाख नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने, मन्त्रालयले आज गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिएको छ ।

त्यस्तै उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कारतर्फ विश्वविद्यालय अन्तर्गत आङ्गिक, सम्बन्धन प्राप्त सामुदायिक र सम्बन्धन प्राप्त निजी क्याम्पस गरी तीन वटा क्याम्पसलाई रु दुईलाख पचास हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उच्च शिक्षातर्फ नेपाल विद्याभूषण क २६४ जना, नेपाल विद्याभूषण ख ३५ जना, नेपाल विद्याभूषण ग २१ जना, नेपाल छात्रा विद्यापदक क १५ जनालाई प्रदान गरिने जनाएको छ ।

त्यसेगरी समाज कल्याण शिक्षा पुरस्कारतर्फ सडक बालबालिका, एचआइभी एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्याएका संस्थाहरूमध्ये स्वीकृत मापदण्डको आधारमा छनौट भएका दुई वटा संस्थालाई नगद पुरस्कार रु दुई दुई लाखसहित प्रशंसापत्र प्रदान गरिने, जनाएको छ ।

शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएवापत राष्ट्रिय शिक्षा दिवस, २०८१ को अवसरमा राष्ट्रिय शिक्षा पुरस्कार स्वरूप प्रमाणपत्र प्रदान गरिने व्यक्तित्वहरूमा विद्यालयतर्फ सामुदायिक विद्यालयका शिक्षक मध्येबाट ७७ जिल्लाका ७४ जना, निजी लगानीका शिक्षक, कर्मचारी र संस्थापक मध्येबाट ३२ जना, विव्यस पदाधिकारी विद्यालय कर्मचारी र बालविकास शिक्षक मध्येबाट ३५ जना प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत प्राविधिक शिक्षालयका प्रशिक्षक र कर्मचारी मध्येबाट पाँच जना विश्वविद्यालय अनुदान आयोगको सिफारिस बमोजिम विश्वविद्यालयतर्फका शिक्षक कर्मचारी मध्येबाट पच्चिस जनालायृ पुरसकृत गनेृ भएको छ ।

असोज दुई गते बुधवारका सैनिक जनसम्पर्क निर्देशनालय, भद्रकाली काठमाडौंको अडिटोरियम हलमा आयोजना गरिने सभामा पुरस्कार वितरण गरिने भएको छ ।

राष्ट्रिय शिक्षा पुरस्कार पाउने गरी घोषणा भएका (२०७६ र २०८० सालमा घोषणा भएका महानुभाव समेत) को प्रमाणपत्र सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमार्फत् वितरण गर्ने जनाएको छ ।

 

Thuprai - Books and E-books