
मिति २०८२ साल कार्तिक १२ गते मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्री, सुर्खेत र नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम व्यवस्थापन इकाई, खुमलटार, ललितपुर बीच इन्टर्न विद्यार्थी परिचालन गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका सम्भाग (जोन / सुपरजोन) हरुमा कृषि स्नातक इन्टर्न खटाइ कृषि अनुसन्धान र प्रविधि प्रसारमा परिचालन गरी कृषिको व्यवसायीकरण र आधुनिकीकरण गर्ने मुलभूत उदेश्यका साथ २६ जना विद्यार्थीहरुलाई इन्टर्न गर्ने गराउने सर्तमा ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीका तर्फबाट डीन प्रा. चन्देश्वर प्रसाद श्रीवास्तवज्यू र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका तर्फबाट परियोजना प्रमुख हिक्मत कुमार श्रेष्ठज्यूले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
सम्झौता अनुरुप २६ जना विद्यार्थीहरुको इन्टर्न वाफत खर्च रकम रु. सत्ताईस लाख वत्तिस हजार चार सय रुपयाँ क्रमश तराई, पहाड र हिमाली क्षेत्रमा खटिने विद्यार्थीहरुलाई रु. चौध हजार, रु. सोह्र हजार, र रु. अठार हजार निर्वाह भत्ता पाँच महिनाका लागि उपलब्ध गराइनेछ ।
उक्त कार्यक्रम २०८२ साल माघ १ गतेका दिन देखि ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्री, रामघाटमा अन्तिम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई परिचालन गर्ने गरी ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीका संयोजक श्री धिरेन्द्रमान थापा र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका वरिष्ठ अधिकृत श्री आशा शर्माको रहोवरमा सम्झौता सम्पन्न भएको थियो।

