CMAT

एसईई ग्रेड वृद्धि परीक्षा लक्षित अतिरिक्त कक्षा सञ्चालन गरिने

शिक्षा तथा मानव स्रोतविकास केन्द्रले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थी लक्षित गरी अतिरिक्त श्रव्यदृष्य कक्षा सञ्चालन गर्ने भएको छ ।

ग्रेड वृद्धि (पूरक) परीक्षामा गत ग्रेड कायम नभएका सबै विषयमा विद्यार्थीहरू सहभागी हुने व्यवस्था गरेको हुनाले अतिरिकत कक्षा सञ्चालन गर्ने भएको हो ।

केन्द्रले ग्रेड वृद्धि परीक्षामा सहभागी हुने सबै विद्यार्थीका लागि सबै विद्यालयले नियमित पठनपाठनसँगै परीक्षा लक्षित सहयोग, सहजीकरण र अतिरिक्त कक्षा सञ्चालन अनिवार्य रूपमा गर्न गराउने निर्देशन दिएको छ ।

यसरी सञ्चालन भएको कक्षाको जानकारी नियमित रूपमा स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइमा गराउन, एकाइले जिल्लाभर सञ्चालित ग्रेड वृद्धि परीक्षा लक्षित कक्षाहरूको अनुगमन, सहजीकरण र केन्द्रमा नियमित जानकारीको व्यवस्था मिलाउने, स्थानीय तहले यसरी विद्यालयबाट सञ्चालन हुने अतिरिक्त कक्षा सञ्चालनका लागि अनुगमन, समन्वय लगायतका कार्यहरूको प्रबन्ध मिलाउन निर्देशन दिएको हो ।

अतिरिक्त कक्षा सञ्चालनका  लागि नेपाल शिक्षक महासंघ, प्याब्सन, एन प्याब्सन, शिक्षकका पेसागत÷विषयगत संघ संस्था, शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्था, नागरिक समाज, अभिभावक, सञ्चारमाध्यम एवं सम्पूर्ण सरोकारवालाहरूलाई समन्वय एवं सहजीकरणका लागि समेत अनुरोध छ ।

यस केन्द्रको  nced virtual (www.youtube.com/nced) च्यानलमा रहेका सामग्रीहरूको प्रयोग गर्न विद्यार्थी एवं अभिभावकहरूलाई प्रोत्साहित गर्न समेत आग्रह गरेको अनुरोध छ ।

Thuprai - Books and E-books