CMAT

शिक्षकको प्रर्दशन आज पनि कायम रहने संकेत

Bachelors Portal

देशभर जम्मा ३६ हजार ३२ ओटा विद्यालय छन् । ती विद्यालय मध्ये सामुदायिक २७ हजार ३४३, संस्थागत ७ हजार ३७३, परम्परागत १ हजार ३१६ रहेका छन् । ती मध्ये सामुदायिक विद्यालयमा सबै प्रकार (स्थायी,अस्थायी, करार, राहात अनुदान) सबै गरेर करिब दुई लाखको हाराहारीमा शिक्षक कार्यरत छन् । ती मध्ये आधाभन्दा बढी शिक्षक विगत तीन देखि काठमाडौंको माइतीघरदेखि बानेश्वर आसपासमा नारा जुलुस लगाइ रहेका छन् ।

शिक्षकको यो आदोलनले ७० लाख भन्दा बढी बालबालिकाले कक्षाकोठामा प्रवेश पाएका छैनन् । करिब ७ हजार विद्यालय सञ्चालन गर्ने निजी विद्यालयले संघीय संसद्मा ‘विद्यालय शिक्षा विधेयक २०८०’ दर्ता हुनु अगावै सरकारले तत्काल बार्तामा बसी सबै माग सम्बोधन गर्ने सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको पहिलो चरणको आन्दोलनलाई वेवास्ता गर्यो संसदमा निजी विद्यालयलाई माग अनुरुप गुठीमा नजाने स्थानीय सरकारले शुल्क तोक्न सक्ने लगायतका प्रावधान राख्दै संसदमा दर्ता गरायो । संसदमा भदौ २७ गते दर्ता भएको विधेयकमा संशोधन गर्नु पर्ने माग राख्दै देशभरका शिक्षक अहिले सडकमा छन् । सरकारले हिजो साझ केही समय शिक्षकलाई बोलाएर छलफल गरेको थियो । सो छmफल छलफल निष्कर्ष विहीन भएर टुंगियो । पुनः आज संभवतः ९ बजेदेखि वार्ता गर्ने गरी शिक्षक महासंघलाई वार्तामा बोलाउने तयारी गरिरहेको मन्त्रालय स्रोतले बतायो ।

हिजो दुई चरणमा छलफल भए पनि कुनै ठोस सहमति भने भएको छैन। पहिलो चरणमा बिहान गृह मन्त्रालयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घका प्रतिनिधिबिच वार्ता भएको थियो।

शिक्षक महासंघले भने आन्दोलन स्थगित नगरी वार्तापनि गर्ने आन्दोलन पनि जारी राख्ने जानकारी दिएको छ । राजधानीका विद्यालयका शिक्षकले हिजोदेखि नै माइतीघर मण्डलाको बोटोमा नै हाजिरी गरेर आन्दोलन गरिरहेको शिक्षकहरू बताउँछन् ।

नेपाल शिक्षक महासंघ सो विधेयकमा १८ सूत्रीय संशोधनको माग राख्दै आन्दोलनमा होमिएको छ ।

Thuprai - Books and E-books
I Tech store