After SEE Portal

महासंघको आन्दोलनबाट विश्वस्त हुन सकिन !

Bridge Course

नेपाल शिक्षक महासंघका साथीहरु कृपया मलाई माफ गर्नुहोला ! म महासंघको आन्दोलनबाट विश्वस्त हुन सकिन ! नेपाल शिक्षक महासंघ आम शिक्षकहरुको छाता संगठन, पेसागत हकहितका लागि गठन गरिएको भनिएता पनि यो संस्था पनि राजनीतिक दलको भातृसंस्था जस्तो मात्र देखियो । यसले आम शिक्षकका पेसागत हकहितलाई सम्बोधन गर्न, आवाज उठाउन सकेन ।

यो संस्था पनि राजनितीक दलका आसेपासे र शुभेच्छुक प्रतिनिधिबाट प्रतिनिधित्व गर्ने शिक्षकले मात्र भागबण्डाको आधारमा नेतृत्व गर्ने र स्वतन्त्र शिक्षक हुँ भन्नेले यसमा प्रतिनिधित्व गर्न नसक्ने हुनाले यो आम शिक्षकको सस्था नभएको जगजाहेर छ।

त्यसैले यो सबै शिक्षकको हुन आम शिक्षकबाट नेतृत्व चुनिन आवस्यक छ।अहिले नेपाल शिक्षक महासंघ फेसबुक आन्दोलनमा रहेको परिवेशमा निम्न अनुत्तरित प्रश्नले गर्दा म महासंघ प्रति विश्वस्त हुन सकिन।

१. शिक्षक मुक्तिनाथ अधिकारि (लमजुङ) को हत्या हुदा चु नबोल्ने शिक्षक संघ संगठनका नेतृत्व मध्य अहिलेका सह अध्यक्ष रहनु भएका पूर्ण प्रसाद दबाडीको शुभेच्छुक पार्टी समेत सम्लग्न रहदा भोलि हामी संरक्षण हुने आधार खै ?

२. दुइ तिहाइको सरकार हुँदा चु नबोल्ने अध्यक्ष, सह अध्यक्ष लगायतले अहिले राजनीतिक तरलतामा बोल्नुको औचित्य के ?

३. १ लाख शिक्षक भौतिक आन्दोलनमा उत्रिदा आन्दोलन तुहाउनेले फेरी आन्दोलन गर्नुको विश्वासको आधार के ?

४. राहत आन्दोलन, ईसीडी आन्दोलन, अस्थायी आन्दोलन स्थायी शिक्षक हक हित मञ्चको डिजिटल आन्दोलनलाई उपेक्षा गर्ने ले त्यही डिजिटल आन्दोलन सिको गरी परिवर्तन ल्याउने आधार के ?नेपाल

५. ६००० बुझ्ने बाल शिक्षक र विद्यालय कर्मचारीबाट उठाएको लेबीबाट विदेश सयल गर्ने र तलब भत्ता लगायत प्लेन टिकट समेत खरिद गर्नेबाट शिक्षक हक हितको अपेक्षा गर्ने आधार के ?

६. पदको लागि मात्र लडालाई गर्ने अध्यक्ष र पदाधिकारी विच आरोप प्रत्यारोप गर्ने सस्थाबाट मजबुत आन्दोलनको अपेक्षा गर्ने आधार के ?

७. २०२८ शालको ऎनलालाई पटक पटक सरकार बनाउदा पनि परिवर्तन नगर्ने शुभेच्छुक सस्थाका बफादार कार्यकर्ताबाट आस्वस्त हुने आधार के ?

८ कोभिड १९ विरुद्धको खोप शिक्षकका लागि भनेर घोषणा गर्दा तत्काल प्रयास नगरी विलम्ब गर्दा अहिले कालो पट्टि फेसबुकमा हाल्दैमा विश्वास गर्ने आधार खै ?

९.सधै शिक्षकको फोरमलाई राजनितीक दाउपेचका लागि प्रयोग गर्ने शिक्षक नेताले गर्दा शिक्षण पेशामा बिकर्षण मात्र होइन समाजमा शिक्षकको इज्जत र प्रतिष्मा समेत आंच पुगेको छ। महा सचिव लक्ष्मी किशोर ज्यु ! सोध्नुहोस तपाईंले अध्यक्ष मानेर हिड्नु भएको पूर्ण दबाडी ज्यु लाई मुक्तिनाथ र सयौं मुक्तिनाथलाई किन सहिद बनाउनु भयो? शिक्षकलाई शिक्षकबाटै किन हत्या भयो ? महासंघका महोदय देखाबटि आन्दोलन होइन क्रान्तिकारी परिवर्तनको अपेक्षा छ आम शिक्षकको ता कि विदेश भ्रमणका लागि होइन। आन्दोलन चाहिएको छ पार्टीको झोले बन्न होइन पेसागत अभिवृद्धिको लागि। बाल शिक्षक, बि कमर्चारी, राहत, तत्कालीन उच्च मावि शिक्षक लगायत १८ थरी शिक्षक एकै प्रकृतिको स्थायी बन्न। आन्दोलन चाहिएको छ शिक्षाको नीति निर्माण तहमा शिक्षक नै पुग्न आन्दोलन चाहिएको छ ऎन ल्याइ २० बर्ष सम्म बढुवा नभएका शिक्षकको पीडा भुल्ने गरी ५–५ बर्षमा अनिवार्य बढुवाको लागि शिक्षक अस्पताल र शिक्षक मर्यादाक्रमको लागि आन्दोलन चाहिएको छ।

अन्त्यमा आम शिक्षकको महासंंघ हुन स्वतन्त्र चुनाबबाट आउन जरुरी छ र शिक्षक नेतृत्व त्यस्तो होस आफ्नो कार्यकाल सिद्धिए पछि शिक्षण पेसमै फर्कियोस, पार्टीको झोला बोक्न होइन । यसका लागि युवा नेतृत्व स्वतन्त्र रुपमा जानु आवश्यक छ। जय शिक्षक।

A Levels MA