CMAT

पूर्वाञ्चल विश्वविद्यालयका ६ हजार ५१३ विद्यार्थी दीक्षित

Bachelors Portal

पूर्वाञ्चल विश्वविद्यालयको एघारौँ दीक्षान्त समारोह आज सम्पन्न भएको छ ।

६ हजार ५ सय १३ विद्यार्थी दीक्षित  गर्दै समारोह सम्पन्न भएको हो । प्राडा सुरेशराज शर्माको प्रमुख अतिथ्यतामा भएको दीक्षान्त समारोहमा स्नातकोत्तर तर्फ १ हजार ४५ जना र स्नातक तर्फ ५ हजार ४६२ र एम फिलमा ६ जना गरी ६हजार ५१३ विद्यार्थी दीक्षित भएका छन । करिब १ हजार ९०० विद्यार्थीले प्रत्यक्ष रूपमा प्रमाणपत्र ग्रहण गरेका छन् । 

दीक्षान्त समारोहमा कला सङ्कायको स्नातकमा ९२ र स्नातकोत्तरमा ४३ जना सहभागी थिए । यसैगरी कानुन सङ्कायको स्नातकमा एक सय ९९ र स्नातकोत्तरमा १०७जना, शिक्षाशास्त्र सङ्कायको स्नातकमा तीन सय ५४ र स्नातकोत्तरमा एक सय ४८ जना , व्यवस्थापन सङ्कायको स्नातक तहमा एक हजार दुई सय ४२ र स्नातकोत्तरमा छ सय १४का साथै एमफिलमा छ जनालाई उपाधि प्रदान गरियो । उक्त विश्वविद्यालयका अनुसार विज्ञान तथा प्रविधि सङ्कायको स्नातकमा एक हजार दुई सय ६१, स्नाकोत्तरमा एक सय २३ जानालाई दीक्षित गरिएको थियो । चिकित्सा शास्त्रको स्नातकमा दुई हजार तीन सय १४, स्नातकोत्तर तहमा १० जनालाई उपाधि प्रदान गरिएको थियो ।विश्वविद्यालयमा ३५ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

सो समारोहमा बोल्दै प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वबजारमा प्रतिस्प्रधी दक्ष जनशक्ति उत्पादनमा विश्वविद्यालय शिक्षा अघि बढ्नुपर्ने बताएका छन्। आइतबार पूर्वाञ्चल विश्वविद्यालयको एघारौँ दीक्षान्त समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘विद्यार्थीलाई सिप सिकाएर आत्मनिर्भर, व्यवसायिक र उद्यमशील बनाउनेतर्फ विश्वविद्यालय शिक्षा अघि बढ्नुपर्छ। यसरी मात्र देशको समुन्नति र विकासका लक्ष्य हासिल गर्नुका साथै विश्व बजारमा पहुँच विस्तारको अवसर प्राप्त हुनेछ,’ उनले भने।

 

Thuprai - Books and E-books
I Tech store