After SEE Portal

डोल्पाबाट एसइईमा ३४ परीक्षार्थी अनुपस्थित

Bridge Course

डोल्पा, १० चैत (रासस) :  हिमाली जिल्ला डोल्पाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ६२३ जना परीक्षार्थीले सहभागिता जनाएका छन् । तीन सय २७ छात्र र २९६ छात्रा गरी ६२३ जना परीक्षामा सामेल हुनुका साथै विभिन्न परीक्षा केन्द्रमा गरी छात्र २३ र छात्रा ११ सहित ३४ परीक्षार्थी अनुपस्थित भएका छन् । 

पहिलो दिनको अङ्ग्रेजी विषयको परीक्षामा सरस्वती मावि दुनै, आर्दश मावि जुफाल, जनप्रभा मावि लिकु र त्रिपुरा साधारण तथा प्राविधिक मावि काइगाउ गरेर चार परीक्षा केन्द्रमा शान्तिपूर्ण हिसाबमा परीक्षा सञ्चालन भएको पाइएको छ । 

जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सिंहराज डागीका अनुसार ग्रेड वृद्वि परीक्षाको लागि छात्रातर्फ पाँच र छात्रतर्फ तीन गरेर आठ परीक्षार्थी परीक्षामा सामेल भए भने चार जना अनुपस्थित रहे । एसइई परीक्षालाई लेटर ग्रेडिङ प्रणालीबाट दिने व्यवस्था भएदेखि एस.एल.सी परीक्षामा जस्तै परीक्षा केन्द्रहरुमा अभिभावकले गर्दै आएको उच्छृङ्खल गतिविधि कम भएका लिकु परीक्षा केन्द्रका केन्द्राध्क्ष यामप्रसाद शर्माले बताउनुभयो । 

A Levels MA
Thuprai - Books and E-books