Bachelors Portal

नतिजा सुधारका लागि २८ बुँदे कार्यसम्पादन करार सम्झौता

Managed Admission 2022

भरतपुर महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयले नतिजा सुधारका लागि प्रतिवद्धता जनाएका छन् ।

महानगरपालिकाले सबै विद्यालयसँग २८ बुँदे कार्यसम्पादन करार गर्दै कक्षा ८ र एसईई नतिजा  सुधार्ने प्रतिबद्धता लिएको हो । शैक्षिक प्रशासन महाशाखाले महानगरका नगरप्रमुख र उपप्रमुखकै उपस्थितिमा औपचारिक कार्यक्रम विच प्रधानाध्यापकसँग २८ बुँदे कार्यसम्पादन करार गरेको हो ।

सम्पूर्ण विद्यालयले आगामी वषर्को कक्षा ८ र माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सुधार्ने प्रतिवद्धता जनाएका छन् ।

महानगरले विद्यालयका प्रधानाध्यापकसँग आगामी वर्षको लक्षित सिकाइ उपलब्धिको प्रतिवद्धता लिएसँगै प्रधानाध्यापक र विद्यालयहरुले फेरि शिक्षकहरुसँग पनि त्यस्तै खालको प्रतिवद्धता लिएका छन् । फेरि शिक्षकहरुले आफ्ना विद्यार्थीहरुसँग नतिजा सुधार्ने त्यस्तै खालको लिखित सम्झौता गरेका छन् ।

विद्यालयमा भर्ना भएर पढिरहेका विद्यार्थीहरुको नतिजा प्रति विद्यालयलाई जिम्मेवार बनाउनका लागि कार्यसम्पादन करार गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवास आचार्यले जानकारी दिए । विद्यालयहरुको आगामी वर्षको नतिजा सुधारको लक्ष्य महानगर आफैले तोकिदिएको भने होइन । विद्यालयहरु आफैले आफ्नो वस्तुस्थिति मूल्यांकन र शिक्षक विद्यार्थीहरुसँग छलफल गरेर लक्ष्य निर्धारण गरेका हुन् । कतिपय विद्यालयहरुले पछि आएर पनि तोकिएको लक्ष्य  बढाउने पनि गरेका आचार्यले जानकारी दिए ।

गतवर्षको कक्षा ८ को वार्षिक परीक्षा र एसईईमा कति नतिजा थियो, अहिले कति छ र अब कति बनाउने हो ? विद्यालयहरुलाई सहभागी विद्यार्थी सङ्ख्याका आधारमा लक्ष्य निर्धारण गर्न लगाइएको छ । अब हरेक परीक्षाको नतिजापछि लक्ष्य पूरा भए नभएको विद्यालयमै समीक्षा हुने महानगरको शैक्षिक प्रशासन  महाशाखा प्रमुख आचार्यले जानकारी दिए ।

 विद्यालयहरुसँग कार्ययोजना सहित २०८१ को कक्षा ८ को अन्तिम परीक्षा र एसईईमा कति नतिजा पुर्याउन सक्नुहुन्छ भनेर लक्ष्य मागिएको थियो । हरेक त्रैमासिक परीक्षा पछि निर्धारित लक्ष्य, नतिजा र कार्ययोजनाबारे समीक्षा गर्ने गरिएको महाशाखा प्रमुख आचार्यले जानकारी दिए ।

नतिजामा सुधार नआएसम्म भवन राम्रो बनाउँदैमा, सबै विद्यार्थी भर्ना गर्दैमा शिक्षा सुध्रिदैन महाशाखा प्रमुख आचार्यले भने, आएका विद्यार्थीले के गरेर गए भन्ने कुरा महत्वपूर्ण हो ।

कक्षा ८मा महानगरले प्रश्नपत्र मात्रै बनाएर पठाउँदा नतिजा ९२–९४ प्रतिशत छ । ९ को र ११ कक्षाको पनि शतप्रतिशत नतिजा छ । १० र १२ कक्षामा मात्रै किन फेल हुन्छन् त विद्यार्थी ? आचार्यले प्रश्न गरे, आफैले प्रश्नपत्र बनाउने र परीक्षण गर्दा राम्रो हुने, अर्कैले गर्दा नराम्रो नतिजा आउने भएपछि हाम्रा शिक्षकमा कहीँ न कहीँ समस्या देखियो ।

हाम्रो ५० प्रतिशत बढी शिक्षक दरबन्दी कक्षा ५ सम्मको छ । तर उनीहरुको जवाफदेहिता कहीँ कतै छैन । कक्षा ५ देखि नै शिक्षकलाई नतिजाप्रति उत्तरदायी बनाउँदै लगे मात्रै माथिल्ला कक्षाको नतिजा सुध्रने आचार्य बताउँछन् ।

कक्षा ५ सम्मका शिक्षकलाई न राम्रो गर्नेलाई प्रोत्साहित गर्न सकियो न नराम्रो गर्नेलाई कारवाही ? अब सुधारको सुरुवात तल्लो तहबाटै हुनुपर्नेमा उनको जोड देखिन्छ । कक्षा ५ को अन्तिम परीक्षा पनि पालिकास्तरमा लिने वातावरण भए माथिल्ला तहका नतिजामा सुधार आउने उनको विश्वास देखिन्छ ।

शैक्षिक प्रशासन महाशाखाले विद्यालयहरुले आगामी वर्षका लागि तय गरेको कक्षा ८ र एसईईको लक्ष्य सबैले देखिनेगरी भित्तामा टाँसिदिएको छ । हरेक आगन्तुकले सजिलै विदालयहरुको यो वर्षको नतिजा र आगामी वर्ष विद्यालयले ल्याउन प्रतिबद्धता जनाएको लक्ष्य सजिलै देख्छन् ।

अझ महानगरले विद्यालयहरुसँग नतिजा सुधारको प्रतिवद्धता मात्रै जनाएको छैन त्यसका लागि र्शक्षिक सामग्री पनि सहयोग गर्ने गरेको छ । भर्खरै सोल्टी होटर लिमिटेडको सहयोग र मातृ नेपालसँगको सहकार्यमा २० विद्यालयहरुलाई मातृका डिजिटल सिकाइ सामग्री पनि वितरण गरेको छ ।

Select college / campus