CMAT

२०८० को एसईईको नतिजा सार्वजनिक,१८६ जनाको जीपीए ४

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । नतिजा   see.edusanjal.com मा समेत हेर्न मिल्ने व्यवस्था गरिएको छ ।

सार्वजनिक नतिजा अनुसार १८६ जनाले जीपीए ४ ल्याएका छन् । भने ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडेड हुन सफल भएका छन् । परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । सो परीक्षामा ५१.१४ प्रतिशत विद्यार्थी ननग्रेडेडमा परेका छन् ।  परीक्षामा २२१ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जानकारी दियो । परीक्षामा ४ लाख ६४ हजार ७५८ जना सहभागी भएका थिए ।

लेटर ग्रेडिङ निर्देशिका  २०७८ अनुसार नतिजा प्रकाशन गरेको छ । निर्देशिका अनुासार  सैद्धान्तिकतर्फ ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल अर्थात् ‘नन ग्रेडेड’ (एनजी) ल्याएका हुन् ।

सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ  र, ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् । अर्थात् जम्मा १०० पूर्णाङ्कमा कम्तीमा ३७ अङ्क ल्याउनुपर्ने हुन्छ । त्योभन्दा कम अङ्क ल्याउने  ‘एनजी’ मा परेका हुन् । दुई विषयमा ‘एनजी’ ल्याएका विद्यार्थीले एक महिनापछि हुने पूरक परीक्षामा सामेल हुन पाउने बोर्डले जानकारी दिएको छ ।

बोर्डले २०७२ देखि लेटर ग्रेडिङ पद्धति अनुसार नतिजा सार्वजनिक गर्दै आएको छ ।  २०७८ मा  निर्देशिका संशोधन गरेर ग्रडेड हुन वा माथिल्लो कक्षामा भर्ना हुनका लागि न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था गरेको छ । गत वर्षसम्म पुरानो पाठ्यक्रमकै आधारमा परीिक्षा लिइएको हुदा संशोधित निर्देशिका लागु भएको थिएन ।

गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित परीक्षामा प्रवेश पत्र लिएको भए पनि परीक्षामा  करिब ८ हजार विद्यार्थी परीक्षामा अनुपस्थित रहेको बोर्डले जनाएको छ ।

Thuprai - Books and E-books