शिक्षकको तलवी प्रतिवेदन पारित नगरी स्थायी शिक्षकलाई तलब भत्ता खुवाउने गरेको पाइएको छ । बिना प्रतिवेदन तलव निकासा गर्ने १६९ पालिकाको नाम राष्ट्रिय किताबखाना (शिक्षक) ले सार्वजनिक गरेको छ ।
शिक्षा नियमावली २०५९ (संसोधन सहित) को नियम १२६ उपनियम २ मा किताबखानाको काम कर्तव्य र अधिकार अर्न्तगत शिक्षकहµको वार्षिक तलवी विवरण पारित गर्ने गराउने व्यवस्था गरिएको छ । उक्त नियम अनुसार प्रत्येक पालिकाले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकको तलवी प्रतिवेदन राष्ट्रिय किताबखाना (शिक्षक) बाट पारित गरी तलव भत्ता भुक्तानी गर्नु पर्छ ।
शैक्षिक सत्र २०७९ मा तलवी प्रतिवेदन पारित नगरी तलब भत्ता भुक्तानी गर्ने पालिकाको नाम सार्वजनिक गरेको हो ।