CMAT

२०८० साउनदेखि २०८१ असार सम्म १ लाख १२ हजार ५९३ जनाले एनओसी लिए (देश र विषय सहित)

आर्थिक वर्ष २०८० साउन एक गतेदेखि २०८१ असार ३१ गतेसम्म १ लाख १२ हजार ५९३ जनाले  वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । आर्थिक वर्ष २०८० को वैशाख एक गते देखि चैत ३० गतेसम्म कुल एक लाख १४ हजार ४२२ जना विद्यार्थीले  एनओसी लिएका छन् । वैशाखदेखि साउन सम्म १८२९ जनाले एनओसी लिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । नयाँ एनओसी जारी गर्दा पुरानो एनओसी पत्र रद्द हुने भएकाले देशगत र विषयगत तथ्याङ्क फरक पर्न गएको एनओसी शाखाले जनाएको छ ।

जापान जाने धेरै

 मन्त्रालयको तथ्यांक अनुसार जापानी भाषा अध्ययनका लागि  ३३ हजार ६९७ जना गएका छन् भने जम्म जापान जानेको संख्या ३४ हजार ७३१ रहेको छ । क्यानडा १५ हजार ९८२, अस्ट्रलिया १४ हजार ३७२,  युके १३ हजार ३३९ अमेरिका ११ हजार २६१,कोरिया ६ हजार ८८९,  इन्डिया २ हजार ३८९, युएई २ हजार १४७, डेनमार्क १ हजार ७५४, फिनल्याण्ड १ हजार ५३५, फ्रान्स १ हजार ४८९, न्युजिल्याण्ड १ हजार ४४६, जर्मन, ७१५, चीन ४६९ जनालाई एनओसी दिएको छ ।

यी सहित ६६ देशका लागि  एक आर्थिक वर्षमा एनओसी जारी गरिएको छ ।

व्यवस्थापन पढ्न जाने धेरै

एनओसी जारी भएका विषय मध्ये विजशेन स्टडी, म्यानेजमेन्ट, इन्जिनियरिङ, हेल्थ, इन्फर्मेशन टेक्नोलोजी, साइन्स, हस्पिटालिटी, कम्प्युटर साइन्स, आर्टस्, साइन्स एण्ड टेक्नोलोजी लगातयका विषय पढ्न विदेशिने विद्यार्थीको संख्या बढी देखिएको छ ।

एनओसी शाखाका अनुसार भाषापछि धेरे विद्यार्थी विदेश जान भनेको म्यानेजमेन्ट पढ्नका लागि हो ।  यो अवधिमा विभिन्न देशमा व्यवस्थापन पढ्नका लागि २८ हजार ८९१ जना रहेका छन् ।

त्यस्तै बिजनेश स्टडीका लागि १० हजार २९, इन्फरमेशन टेक्नोलोजी ५ हजार ९११, साइन्स ५ हजार ३८४,  कम्प्युटर साइन्स ४ हजार ९९२, हेल्थ ४, हजार १५९, इन्जिनियरिङ ४ हजार ४२६, साइन्स एण्ड टेक्नोलोजी ४ हजार १०२, हस्पिटालिटीका लागि २ हजार ५३४ ओटा एनओसी जारी भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयको तथ्यांकमा विभिन्न ९४ विषयका लागि एनओसी जारी भएको उल्लेख छ ।

आर्थिक सर्वेक्षण २०८०–८१ अनुसार आर्थिक वर्ष ७६–७७ देखि ७७–७८ बाहेक हरेक वर्ष एनओसी लिनेको संख्या बढ्दो क्रममा रहेको छ ।

आर्थिक वर्ष २०७९–८० मा एक लाख १० हजार १२७, आर्थिक वर्ष २०७८–७९ मा एक लाख २ हजार ५०४, आव २०७७–७८ मा २८ हजार ८२३, आव २०७६–७७ मा ३३ हजार १९६, आव २०७५–७६ मा ६४ हजार ४१७, आव २०७४–७५ मा ५८ हजार ७५८, आव २०७३–७४ मा ५० हजार ७९६, २०७२–७३ मा ३७ हजार १४८ र आव २०७१–७२ मा ३० हजार ७९७ जनाले एनओसी लिएका थिए ।

 

 

Thuprai - Books and E-books