After SEE Portal

डिप्लोमा/प्रमाण-पत्र तहका कार्यक्रमहरू सञ्चालनका लागि आवेदन/प्रस्ताव अद्यावधिक गर्ने म्याद थप बारेको सूचना

Bridge Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद 

स्तर निर्धारण तथा सम्बन्धन महाशाखा

सानोठिमी, भक्तपुरको 

आवेदन/प्रस्ताव अद्यावधिक गर्ने म्याद थप बारेको सूचना।

प्रकाशित मिति : २०७६।९।०४

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट मिति २०६९/२/२९ गते प्रकाशित सूचना बमोजिम डिप्लोमा/प्रमाण-पत्र तहका कार्यक्रमहरू सञ्चालनका लागि प्रस्तावना पेस गरी मिति २०७१/४/२ गते प्रकाशित सूचनाअनुसार स्थलगत निरीक्षण शुल्क दाखिला गरेका संस्थाहरूमध्ये स्वास्थ्यबाहेकका कार्यक्रमहरूको आवेदन/प्रस्ताव अद्यावधिक गर्न मिति २०७६/०७/२२ गते सूचना जारी भएकोमा मिति २०७६/०८।२६ गतेको परिषदको बैठकबाट अध्यावधिक गर्न समय थप गर्ने निर्णय भएको हुँदा यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्था दर्ता गरेको निकायबाट संस्था नविकरण प्रमाणपत्र र आ.व. २०७५/०७६ को कर चुक्ता प्रमाण-पत्र सलग्न गरी कार्यक्रम अद्यावधिकका लागि निवेदन पेस गर्नुहुन अनुरोध छ। स्थलगत निरीक्षण भएका संस्थाहरूबाहेक कार्यक्रम अद्यावधिक गर्न नचाहने संस्थाहरूले स्थलगत निरीक्षण शुल्क तिरेको रकम फिर्ता लिन चाहेमा सक्कल रसिदसहित निवेदन पेस गर्नुपर्ने व्यहोरा जानकारी गराइन्छ । कार्यक्रम अद्यावधिक गर्दा तपसिलबमोजिम गर्न सकिने व्यहोरा अनुरोध छ । 

  • प्रस्तावना पेस गरेका दुई वा दुईभन्दा बढी संस्थाहरू एकआपसमा समायोजन हुन चाहेमा तोकिएको मितिभित्र निवेदन दिनुपर्नेछ। 
  • आवेदन प्रस्ताव अद्यावधिक नगराउने र तोकिएको समयमा स्थलगत निरीक्षण फिर्ता नलिने संस्थाहरुको आवेदन प्रस्तावना स्वतः रद्द हुनेछ। 
  • पहिला स्थलगत निरीक्षण भएका संस्थाहरूले समेत अद्यावधिक गराउनुपर्नेछ र स्थलगत निरीक्षण भइसकेका संस्थाहरुको स्थलगत निरीक्षण शुल्क फिर्ता हुनेछैन ।
  • आवेदन प्रस्ताब अद्यावधिक गराउँदा पेस गरेका संस्थाहरुको नाम परिवर्तन भएका पण्डमा र सञ्चालक समिति परिवर्तन भएको खण्डमा सोको प्रमाणसहित जानकारी गराउनुपर्नेछ। 
  • प्रस्ताव पेस गरेका निजी संस्थाहरुले गैह नाफामूलक प्रतिष्ठान, सार्बजनिक गुठी, सहकारी जस्ता सेवामूलक संस्थाहरुको रुपमा नामसारी हुन चाहेमा निजी संस्था सम्बन्धन स्वीकृति ढाँचामा रहने गरी सोही मितिभित्र निवेदन दिनु पर्नेछ। 

माथि उल्लेखित व्यहोराको प्रमाणसहित प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को कार्यालय, सानोठिमी, भक्तपुरमा मिति २०७६ पुस १८ गते कार्यालयको समयभित्र पेस गरिसक्नुपर्नेछ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद,

सानोठिमी, भक्तपुर। 

फो.नं. ०१-६६३०४०८

Thuprai - Books and E-books