After SEE Portal

सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनको लागि आवेदन फाराम पेस गर्ने सूचना

Bridge Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् 

सामदायिक विद्यालयमा प्राविधिक शिक्षा महाशाखा

सानोठिमी, भक्तपुर 

सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनको लागि आवेदन फाराम पेस गर्ने सूचना 

(मिति २०७६/०८।२२ मा गोरखापत्र राष्ट्रिय दैनिकमा प्रथमपटक प्रकाशित सूचना) 

प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार समृद्ध नेपाल निर्माणको आधार कार्यक्रमअन्तर्गत आगामी दुई वर्षभत्र सबै स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गर्ने नेपाल सरकारको नीतिबमोजिम हालसम्म प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका आङ्गिक, साझेदारी, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) र निजी क्षेत्रमा सञ्चालन भएका शिक्षालय एवं साबिकको शिक्षा विभागबाट अनुमति लिई सामुदायिक विद्यालयमा प्राविधिक धार (९-१२) सञ्चालन भएका स्थानीय तहहरू बाहेक प्राविधिक शिक्षाको पहुँच पुग्न बाँकी स्थानीय तहमा शैक्षिक शत्र २०७७१७८ देखि प्राविधिक एस.एल.सी (स्वास्थ्यबाहेक बाली विज्ञान, पशु स्वास्थ्य, पशु विज्ञान, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, कुलिनरी आर्ट र अन्य) कार्यक्रमदेखि सञ्चालन गर्नका लागि सामुदायिक विद्यालयहरूलाई आवेदन फाराम पेस गर्न यसै सूचनामार्फत आह्वान गरिएको छ । कार्यक्रम सञ्चालनका लागि आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र रोजगारीको सुनिश्चितता हुने गरी गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालन गर्न इच्छुक सामुदायिक विद्यालयहरूले परिषदले तोकेको पूर्वाधार निर्देशिकाबमोजिम गुणस्तरीय प्रशिक्षण गराउन सक्ने स्थानीय सरकारको सहमति सहित २०७६ पौष २७ गतेभित्र आवश्यक कागजातहरू सलग्न गरी सम्बन्धित प्रदेश कार्यालयमा आवेदन पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । पूर्वाधार निर्देशिका, आवेदन फारामका साथ संलग्न गर्नुपर्ने कागजातको विवरण र यससम्बन्धी अन्य जानकारी परिषद कार्यालयको वेबसाइट www.ctevt.org.np मा हेर्न र डाउनलोड गर्न सकिनेछ ।

आवेदन फारामका साथ पेस गर्नुपर्ने कागजातहरूः 

१. सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने विद्यालय व्यवस्थापन समितिको निर्णय 

२. प्रयोगात्मक अभ्यास गराउनका लागि सम्बन्धित निकाय/सस्थाहरूसँगको सम्झौता पत्र 

३. विद्यालयमा एस.ई.ई परीक्षामा सामेल हुने विद्यार्थीहरूको चापको विवरण 

४. विद्यालयमा रहेको स्वच्छ पिउने पानी, शौचालय, बिजुली र सञ्चार सुविधा, मौजुदा भौतिक पूर्वाधार, भवन र खेल्ने मैदानको विवरण 

५. विद्यालयमा जनसहभागिता सहितको सम्भावित कार्यक्रम सञ्चालनार्थ आर्थिक योजना 

६. विद्यालयमा कार्यरत प्रशिक्षक तथा कर्मचारीको विवरण 

७. विद्यालयबाट उत्पादित हुने विद्यार्थीको रोजगारीको सम्भावनाको विवरण 

८. कार्यक्रम सञ्चालनका लागि सम्बन्धित विषयका कम्तीमा दुईदुई जना प्रशिक्षक र सहायक प्रशिक्षकहरूको

शैक्षिक योग्यता र नागरिकताको प्रमाणपत्रसहितको प्रतिबद्धता पत्र गुणस्तरीय प्रशिक्षण व्यवस्थापनका लागि लाग्ने व्ययभार व्यवस्थापनमा स्थानीय तहको प्रतिबद्धता पत्र (एक पालिकामा एउटा विद्यालयलाई मात्र सिफारिस गरिएको हुनुपर्ने)

आवेदन फाराम बुझाउन सकिने स्थानः 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, सानोठिमी, भक्तपुर ०१-६६३०४०८ 

प्रदेश नम्बर १, प्रदेश कार्यालय, हाल इटहरी, सुनसरी, सम्पर्क न. ०२५-५८८७८६ 

प्रदेश नम्बर २, प्रदेश कार्यालय, जनकपुरधाम, धनुषा, सम्पर्क न. ९८४८०२४१४० 

प्रदेश नम्बर ३, प्रदेश कार्यालय, हेटौडा, मकवानपुर सम्पर्क न. ०५७-५२४९९१ 

गण्डकी प्रदेश, प्रदेश कार्यालय, पोखरा, कास्की, सम्पर्क न. ०६१-५३२२७२ 

प्रदेश नम्बर ५, प्रदेश कार्यालय, बुटवल, रुपन्देही सम्पर्क न. ०७१-४२२०७१ 

कर्णाली प्रदेश, प्रदेश कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, सम्पर्क न. ०८३-५२१८८५, ५२३०२० 

सुदूरपश्चिम प्रदेश, प्रदेश कार्यालय, धनगढी, कैलाली, सम्पर्क न. ०९१-५२७२०२

Thuprai - Books and E-books