डिप्लोमा तथा प्रमाणपत्र तहको भर्ना सम्बन्धि सूचना : ​प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा

नियन्त्रण कार्यालय

सानोठिमी, भक्तपुरको

शैक्षिक शत्र २०७६/७७ मा डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षासम्बन्धी अत्यन्त जरुरी सूचना

(सूचना प्रकाशित मिति : २०७६।०६।१७ गते) प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदबाट प्राविधिक शिक्षाको विकास, विस्तार र पहुँचलाई मध्यनजर राखी शैक्षिक सत्र २०७६/७७ का लागि परिषदका आंगिक, साझेदार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (TECS) कार्यक्रम र परिषदबाट निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा कार्यक्रम सञ्चालन गर्न सम्बन्धन/स्वीकृतिप्राप्त भएका तपसिल बमोजिमका शिक्षण संस्था तथा कार्यक्रममा परिषद, परीक्षा नियन्त्रण कार्यालयबाट शैक्षिक सत्र २०७६/७७ मा लिइएको डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षामा सामेल भई उत्तीर्ण सूची (Cut off List) मा रहेका इच्छुक परिक्षार्थीहरूलाई तल उल्लेखित शिक्षण संस्थाहरूमा परिषद् परीक्षा नियन्त्रण कार्यालयद्वारा जारी गरिएको “डिप्लोमा तथा प्रमाण-पत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एव भर्नासम्बन्धी निर्देशिका २०७४ (दोस्रो संशोधन)" बमोजिम भर्ना गर्नुहुन सूचित गरिन्छ । 

डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षामा सामेल भई उत्तीर्ण सूची (Cut off List) मा रहेका इच्छुक परीक्षार्थीहरूलाई भर्ना गरी रिक्त कोटा रहन आउने भएमा मात्र सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (TECS) कार्यक्रम, सञ्चालित विद्यालयहरूले परिषद् प.नि.का द्वारा जारी गरिएको “डिप्लोमा तथा प्रमाण-पत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एव भर्नासम्बन्धी निर्देशिका २०७४ (दोस्रो संशोधन)” बमोजिम पूर्ण शुल्कीयतर्फ प्रवेश परीक्षाबाट विद्यार्थी छनोट गरी भर्ना गर्नका लागि योग्यता पुगेका व्यक्तिहरूबाट तपसिलवमोजिम उल्लेखित म्यादभित्र रीतपूर्वक आवेदन फाराम भर्न भराउन हुन सम्बन्धित शिक्षण संस्थालाई अनुरोध छ। सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (TECS) कार्यक्रम सञ्चालित विद्यालयहरूले प्रवेश परीक्षा तपसिलबमोजिमको तीन सदस्यीय प्रवेश परीक्षा सञ्चालन, नतिजा प्रकाशन उप-समिति गठन गरी प्रश्नपत्र निर्माण, प्रवेश परीक्षा सञ्चालन, नतिजा प्रकाशन तथा भर्ना सिफारिस गर्नेसमेतको अधिकार प्रत्यायोजन गर्ने निर्णयानुसार डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्नासम्बन्धी निर्देशिका-२०७४ (दोस्रो संशोधन), परिषदको ऐन, नियम र विनियमबमोजिम प्रवेश परीक्षा सञ्चालन गर्नु गराउनु हुन सम्बन्धित शिक्षण संस्था एवं सरोकारवालाहरू सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदबाट प्राविधिक शिक्षाको विकास, विस्तार र पहुँचलाई मध्यनजर राखी शैक्षिक सत्र २०७६/०७७ का लागि सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (TECS) कार्यक्रम सञ्चालन गर्न परिषदको टेक्स महाशाखाको च.न ६६८, मिति २०७६०६/१४ को पत्रानुसार सम्बन्धन/स्वीकृतिप्राप्त भएका तपसिलबमोजिमका शिक्षण संस्था तथा कार्यक्रममा परिषद्, परीक्षा नियन्त्रण कार्यालयबाट शैक्षिक सत्र २०७६/७७ मा लिइएको डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षामा सामेल भई उत्तीर्ण सूची (Cut off List) मा रहेका इच्छुक परीक्षार्थीहरूलाई तल उल्लेखित शिक्षण संस्थाहरूमा परिषद परीक्षा नियन्त्रण कार्यालयद्वारा जारी गरिएको "डिप्लोमा तथा प्रमाण-पत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भासम्बन्धी निर्देशिका २०७४ (दोस्रो संशोधन)" बमोजिम भर्ना गर्नुहुन सूचित गरिन्छ ।




Thuprai - Books and E-books