After SEE Portal

औद्योगिक प्रशिक्षार्थी (Apprenticeship) कार्यक्रमको प्रवेश परीक्षाको परीक्षा केन्द्र सम्बन्धी सूचना

Bridge Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालय

सानोठिमी, भक्तपुरको औद्योगिक प्रशिक्षार्थी (Apprenticeship) कार्यक्रमको प्रवेश परीक्षाको

परीक्षा केन्द्र सम्बन्धी सूचना

(सूचना प्रकाशित मिति : २०७६।०५।१७) 

यस परिषद्का आङ्गिक, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन भएका सामुदायिक विद्यालय र परिषद्बाट सम्बन्धन प्राप्त शिक्षण संस्थाहरूमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप (ENSSURE) परियोजना तथा व्यावसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना-दोस्रो (EVENT-II) बाट निःशुल्क सञ्चालन गरिने प्राविधिक एस.एल.सी. तहको २४ महिना अवधिको औद्योगिक प्रशिक्षार्थी (Apprenticeship) कार्यक्रमको विभिन्न मितिमा गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित परीक्षाको आवेदन फाराम भर्ने बारेको सूचनावमोजिम परीक्षा आवेदन फाराम भरेका परीक्षार्थीहरूको प्रवेश परीक्षा मिति २०७६/०५।२१ गते शनिवार विहान ८:०० बजेदेखि सञ्चालन हुने भनी सूचना प्रकाशन भएकोमा उक्त सैद्धान्तिक प्रवेश परीक्षा मिति २०७६।०५।२३ गते सोमबार बिहान ८:०० बजेदेखि तपसिलमा उल्लेख भएका परीक्षा केन्द्रहरूमा सञ्चालन हुने गरी निर्धारण गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 

साथै सैद्धान्तिक प्रवेश परीक्षामा सामेल भएका परीक्षार्थीहरूको अन्तर्वार्ता आवेदन फाराम भरेका शिक्षण संस्थाहरूमा नै मिति २०७६/०५।२५ गते बुधबार बिहान ८:०० बजेदेखि सञ्चालन हुने भएकोले प्रवेशपत्रसाथ उपस्थित हुनसमेत सम्पूर्ण परीक्षार्थीहरूलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ।

 

Tag:परीक्षा केन्द्र
Thuprai - Books and E-books