खर्च कटौती, मंहगो होटलमा कार्यशाला

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रधानाध्यापकको सक्षमता प्रारुप सम्बन्धी एक दिने परामर्श कार्यशाला आयोजना गरेको छ । सबैतिर खर्च कटौती गर्ने भनेको सरकारले लाजिम्पाट स्थित होटल एम्बेस्डरमा आज कार्यशाला आयोजना गरेको हो ।

गत माघ २४ गते विभिन्न शीर्षकमा २० प्रतिशत खर्च कटौती गर्यो । अर्थ मन्त्रालयको चनं ४२१ को माघ १७ एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चनं १६२ को गत माघ २२ को पत्रानुसार केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई खर्च कटौती तथा बजेट रोक्का गर्यो । त्यसैगरी अर्थ मन्त्रालयले अर्थ मन्त्रालयले संघीय सरकारको बजेटमा २० प्रतिशत खर्च कटौती गर्ने निर्णय माघ १७ गते गर्यो ।

अर्थ मन्त्रालयले १७ गते विज्ञप्ति जारी गर्दै गोष्ठी, सेमिनार र कार्यशाला खर्च लगायत शीर्षकमा खर्च कटौती गरेको भन्नृ उल्लेख गरेको छ । कोभिड–१९ को प्रभाव, रसिया–युक्रेन यद्ध तथा अन्य विविध कारण देखाउँदै खर्च कटौती गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

साथै आर्थिक क्षेत्रमा परेको प्रतिकुल प्रभाव, तथा देश भित्रको आर्थिक गतिविधिमा सङ्कुचन हुन गएको र चालु आवको लक्ष्य अनुसारको राजस्व असुली नभएको, विपद् व्यवस्थापनका लागि बढ्न गएको व्ययभार लगायतका कारणले चालु खर्चको भार बढेको तथा अन्य आन्तरिक कारणले नेपाल सरकारको आर्थिक व्यवस्थापनका लागि आव २०७९–८० मा विनियोजित बजेट अपर्याप्त हुन गएको भनी अर्थ मन्त्रालयको पत्रबाट जानकारी र खर्च कटौती गर्न निर्देशन प्राप्त भएको हुनाले यस्ते निर्देशन दिएको केन्द्रद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

 

 

 

Degrees offered in nepal
Counseling
Bachelors Portal