After SEE Portal

केही दिन भित्रै शिक्षक लाइसेन्सको नतिजा सार्वजनिक , लगतै खुला विज्ञापन

Bridge Course

शिक्षक लाइसेन्स नतिजा प्रकाशनको अन्तिम तयारीमा शिक्षक सेवा आयोग जुटेको छ ।

शिक्षक सेवा आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र लाइसेन्सको माध्यमिक तह र निम्न माध्यमिक तहको कापी परीक्षण गरिसकेको छ । दुवै तहको उत्तरपुस्तिका परीक्षण गरिसकेको हुनाले नतिजा प्रकाशनको अन्तिम चरणमा आयोग पुगेको हो ।

त्यस्तै प्राथमिक तहका बाँकी रहेका कापी पनि तीव्र गतिमा परीक्षण भइरहेको आयोगले जानकारी दियो ।

लाइसेन्सको परीक्षामा माविका लागि १ लाख १ हजार ९९०, निमाविका लागि ५६ हजार १४० र प्राविका लागि ६६ हजार ५९५ गरी २ लाख २४ हजार ७२५ जना परीक्षार्थीले परीक्षा दिएका थिए । अबको एक महिना भित्र लाइसेन्सको नतिजा सार्वजनिक भइसक्ने आयोगका प्रवत्ता दामोदर आचार्यले जानकारी दिए ।

नतिजा लगतै पाठ्क्रम सार्वजनिक  त्यसपछि खुला विज्ञापन

आयोगले चैत्रमा नयाँ पाठ्यक्रम सार्वजनिक गर्ने भएको छ । लाइसेन्सको नतिजा सार्वजनिक भइसक्ने बितिकै शिक्षक सेवा आयोग नियमावली २०५७ (१०) औं संशोधनले व्यवस्था गरे अनुसारको पाठ्यक्रम सार्वजनिक गर्ने भएको छ । यसका लागि आयोगले तीव्र गतिमा पाठ्यक्रम तयार गरिरहेको छ । आयोगले तीनै तहका छुट्टाछुट्टै पाठ्यक्रम बनाइरहेको जानकारी दियो ।

आयोगले नियमावलीअनुसार प्रारम्भिक चरणको सय पूर्णाङ्कको बस्तुगत प्रश्नका लागि नयाँ पाठ्यक्रम र दोस्रो चरणको विषयगत परीक्षाका लागि सय पूर्णाङ्कको विषयगत पाठ्यक्रम बनाउन जुटेको हो ।

आयोग माध्यमिक तहको पाठ्यक्रम तयारीको अन्तिम अवस्थामा पुगेको छ । निमावि र प्राथमिक तहको पाठ्यक्रम धमाधम तयार गरिरहेको प्रवत्ता आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार लाईसेन्सको नतिजा सार्वजनिक हुने बितिकै तीनै तहको पाठ्यक्रम सार्वजनिक हुनेछ  । पाठ्यक्रम सार्वजनिक गरेको केही दिनमा नै शिक्षक छनौटका लागि खुला विज्ञापन गर्ने तयारीमा आयोग पुगेको छ । 

आयोगले नियमावलीको (१०) औं संशोधन अनुसार २५ पूर्णाङ्कको प्रयोगात्मक परीक्षा पनि लिनसक्ने भएको छ । विषयको प्रकृति र आवश्यकताअनुसार आयोगले प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने भएको छ । नियमावलीको संशोधनले परीक्षार्थीको उत्रीर्णाङ्क पनि परिवर्तन गरेको छ । प्रारम्भिकको ५०, विषयगतको ४० र अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाका उत्रीर्णाङ्क १०-१० बनाएको छ ।आयोगले यस अघि ४० नम्बरको बस्तुगत र ६० नम्बरको विषयगत परीक्षा सञ्चालन गर्दै आएको थियो । परीक्षर्थीको उत्रीर्णाङ्क पनि ४० मात्र थियो ।

पाठ्यक्रम सार्वजनिक हुने बितिकै आयोग खुला प्रतिस्पर्धाबाट शिक्षक छनौट गर्न विज्ञापन गर्ने तयारीमा जुटेको छ ।

 

A Levels MA
Thuprai - Books and E-books