
शिक्षक महासंघ, नेपाल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएको सहमति के हो भन्ने बारेमा एडुपत्रले नेपाल शिक्षक महासंघको अध्यक्ष लक्ष्मी किशोर सुवेदीसँग अन्तर्वार्ता लिएको छ।
शिक्षक महासंघ, नेपाल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएको सम्झौताका मुख्य बुँदाहरू यहाँ प्रस्तुत गरिएको छ:
- शिक्षकहरूको स्वास्थ्य उपचारका लागि काठमाडौं उपत्यकाभित्र रहेका निजामती अस्पतालहरूमा विशेष सुविधा तथा विद्यालय कर्मचारीलाई उपचार खर्च उपलब्ध गराइनेछ।
- अस्थायी प्रकृतिका शिक्षक (राहत, अस्थायी/करार, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्राविधिक धार र बालविकास सहजकर्ता) को विराम बिदा सञ्चित रहने र सो वापतको रकम सेवाबाट अलग हुँदा एकमुष्ट रूपमा प्रदान गरिनेछ।
- प्राथमिक तहका सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारले तोकेबमोजिम व्यवस्था गरिनेछ।
- आगामी आव २०८२/८३ बाट स्थायी शिक्षक सरह प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि दरबन्दी सिर्जना र रकम कायम गर्ने।
- स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी/करार, साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने।
- सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने।
- नेपाल सरकारको सहयोगमा सूचीकृत शिक्षकलाई समावेश गर्ने।
- नेपाल शिक्षक महासंघको आन्दोलनमा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने।
- निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब स्केल ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुने गरी कायम गर्ने।